2 years ago
October 1, 2023
एजेन्सी – जोएल म्याटिपले अन्तिम समयमा आत्मघाती गोल गरेसँगै इंग्लिस प्रिमियर लिगमा शनिबार ९ खेलाडीमा सिमित लिभरपुल टोटेनहमसँग २-१ ले पराजित भएको छ।

टोटेनहमको घरेलु मैदानमा भएको खेलमा २ खेलाडीले रातो कार्ड पाएपनि लिभरपुलले टोटेनहमलाई अन्तिम समय सम्म बराबरीमा रोकिएको थियो। तर १-१ को अवस्था रहिरहँदा इन्जुरी समयको छैठौं मिनेटमा पेड्रो पोरोको क्रसलाई क्लियर गर्ने क्रममा म्याटिपले बललाई आफ्नै पोस्टको दिशा दिएका थिए ।
यसअघि खेलको २६औं मिनेटमा लिभरपुलका कर्टिस जोन्सले टोटेनहमका विसुमालाई गरेको ट्याकलका कारण रातो कार्ड पाएपछि लिभरपुल १० जनामा सिमित भएको थियो।
३४औं मिनेटमा विवादित अफसाइडका कारण लिभरपुल अग्रता लिन बाट बञ्चित भयो। त्यसको दुई मिनेट पश्चात सन ह्युङ-मिनले गोल गर्दै टोटनहमलाई अग्रता दिलाएका थिए। पहिलो हाफको अन्तिमतिर लिभरपुलले बराबरी गोल गर्यो। कोडी गाक्पोले गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए।
६९औं मिनेटमा डिएगो जोटा दोहोरो पहेँलो कार्ड खाँदै मैदान बाहिरिँदा लिभरपुल ९ खेलाडीमा सिमित भएको थियो। त्यसका बाबजुद लिभरपुलले अन्तिम समयसम्म टोटेनहमलाई रोकेको थियो। तर एक आत्मघाती गोलका कारण लिभरपुलका हार बेहोर्न पुग्यो।
हारपछि लिभरपुलले शीर्ष स्थानमा उक्लिने मौका गुमाएको छ। लिभरपुलको ७ खेलमा १६ अंक छ । टोटेनहम १७ अंक सहित तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। पहिलो स्थानमा रहेको म्यानचेस्टर सिटीको ७ खेलमा १८ अंक छ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]