default_image

2 years ago

October 1, 2023

रियल म्याड्रिड ला लिगाको शीर्ष स्थानमा

839 views

0 Bookmark

एजेन्सी – स्पेनिस ला लिगामा शनिबार भएको खेलमा दोस्रो स्थानको जिरोनालाई ३-० ले पराजित गर्दै रियल म्याड्रिड तालिकाको शीर्ष स्थानमा उक्लिएको छ।

रियलको जितमा होसेलु, औरेलिन चुवामेनी र जुड बेलिङ्घमले समान एक-एक गोल गरेका हुन्।

रियलले खेलको १७औं मिनेटमा होसेलुको गोलको मद्दतले अग्रता लिएको थियो। गोलमा बेलिङ्घमको उत्कृष्ट असिष्ट रहेको थियो।

यस्तै रियलले अर्को गोल मात्र चार मिनेट पछि थप्यो। मिडफिल्डर चुवामेनीले टोनी क्रूसको पासमा गोल गर्दै अग्रता दोब्बर बनाएका थिए।

खेलको ७१औं मिनेटमा बेलिङ्घमले गोल गर्दा रियल ३-० ले अघि भयो। त्यो गोलमा होसेलुको असिष्ट थियो।खेलको अन्तिम तिर रियलका डिफेन्डर नाचो रातो कार्ड खाँदै मैदान बाहिरिँदा रियलले खेलको अन्तिम केही क्षण १० जनाले खेलेको थियो।

जित पछि पहिलो स्थानमा रहेको रियलको ८ खेलमा ७ जित र १ हार सहित २१ अंक छ । त्यत्तिनै खेलमा जिरोनाको ६ जित, १ बराबरीमा १ हार सहित १९ अंकका साथ तेस्रो स्थानमा छ। दोस्रो स्थानको बार्सिलोनाको २० अंक छ।

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.