default_image

2 years ago

October 2, 2023

विमल एफसी चितवनका आइकोनिक खेलाडी!

5013 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल राष्ट्रिय टोलीका फरवार्ड विमल घर्ती मगरलाई एफसी चितवनले आइकोनीक खेलाडीको रूपमा भित्र्याएको छ।

विमलले सामाजिक सञ्जालमार्फत चितवनसँग सम्झौता भएको जानकारी दिएका हुन्। चितवन एफसीका मालिक सचिन ढकालले विमललाई आइकोनिक खेलाडीका रुपमा भित्राउने पक्का भएको बताए । उनले विमलसँग अस्ट्रेलियाको भिसा रहेकोले उनलाई आइकोनिक खेलाडीको रुपमा अनुबन्ध गर्न मिल्ने बताए ।

असोज १२ गते का दिन मात्र विमल अष्ट्रेलियाका लागि प्रस्थान गरेका थिए। त्यसको ३ दिन पछि नै उनलाई आइकोनिक खेलाडीको रूपमा चितवनले अनुबन्ध गरेको छ।

एनएसएलको नियम अनुसार नेपाल बाहेक कुनै पनि बाहिरी लिगमा खेलिरहेको नेपाली खेलाडी लागि आइकोनिक खेलाडीको रूपमा भित्र्याउन पाइने उल्लेख छ।

केही दिन अघि हाम्रोखेलकुद संगको कुराकानीमा एनएसएलका निर्देशक श्रेयान्स कार्कीले नेपाल बाहिर खेलिरहेका रोहित चन्द, किरण चेम्जोङ र मनिष डाँगीलाई आईकोनिक खेलाडीको दर्जा दिएका बताएका थिए । पछिल्लो पटक विमलको पनि आकोनिक खेलाडीको सुचिमा थपिएको छ ।

तर एनएसएलको आयोजक नेपाल स्पोर्टस एन्ड इभेन्ट म्यानेजमेन्टले विमल आइकोनिक खेलाडीको सुचीमा रहेको जानकारी दिएको छैन । आयोजकले विमल आइकोनिकको‌ सुचिमा रहेको जानकारी सहभागी क्लबहरू पठाएको बुझिएको छ।

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.