2 years ago
October 3, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल पुलिस क्लबका मुख्य प्रशिक्षक चेतन घिमिरे नेपाल सुपर लिग (एनएसएल) को नयाँ टोली झापा एफसीको सहायक प्रशिक्षकमा नियुक्त भएका छन् ।

मंगलबार दिउँसो सामाजिक सञ्जालमार्फत घिमिरेलाई झापाको सहायक प्रशिक्षकमा घोषणा गरिएको हो
यद्यपि झापाले मुख्य प्रशिक्षक भने नियुक्त गरिसकेको छैन। सहिद स्मारक ए डिभिजन लिगको पछिल्लो सिजनमा घिमिरे पुलिसको मुख्य प्रशिक्षक थिए । उनले पुलिसलाई लिगको तेस्रो स्थान हासिल गराएका थिए।
एएफसी ‘ए’ लाइसेन्स होल्डर घिमिरेले विगतमा पुलिसको महिला फुटबल टोलीको प्रशिक्षक समेत रहेका छन् । ग्यारी फिलिप्स नेपाल राष्ट्रिय महिला फुटबल टोलीको प्रशिक्षक रहँदा उनी सहायक प्रशिक्षकको भूमिकामा थिए।

उनले आफ्नो खेल करियरभर पुलिसका लागि खेलेका थिए र एसिएल चोट पछि सन्यास लिएका थिए। उनले राष्ट्रिय फुटबल टोलीको प्रतिनिधित्व समेत गरेका थिए।
एनएसएल क्लब मध्ये इलामले मेघराज केसी, चितवनले भारतीय प्रशिक्षक खालिद जमील, धनगढी एफसीले युगलकिशोर राई र ललितपुरले प्रशिक्षकमा यान एन्ड्रयूलाई सार्वजनिक गरिसकेका छन्।
एनएसएलको दोस्रो संस्करण यही मंसिर ८ बाट सुरु हुँदै छ। यस पटक पहिलो संस्करणमा खेलेका ६ र नयाँ ३ गरी कुल ९ टोलीले खेल्ने छन्। खेलाडीको अक्सन समेत समाप्त भइसकेको छ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]