2 years ago
October 3, 2023
पनौती (हाम्रो खेलकुद) – काभ्रेको पनौती नगरपालिकामा यसै साता योगेन्द्र स्मृति कप फुटबल प्रतियोगिता सुरु हुँदैछ । प्रतियोगिताको तयारी अन्तिम चरणमा रहेको आयोजक समितिका सदस्य प्रतिक महतले जानकारी दिएका छन् ।

पनौतीका फुटबल खेलाडी स्वर्गीय योगेन्द्र तामाङको स्मृति मा असोज २० गतेदेखि कात्तिक ३ गतेसम्म क्षेत्रीय रंगशाला पनौतीमा हुने प्रतियोगितामा काठमाडौं, भक्तपुर र ललितपुरका गरी जम्मा २२ टिमले सहभागिता रहने बताइएको छ ।
महतका अनुसार प्रतियोगिताको विजेताले उपाधिसहित १ लाख र दोस्रो हुने टोलीले ५० हजार रुपैयाँ प्राप्त गर्नेछ । प्रतियोगितामा उत्कृष्ट खेलाडी, इमर्जिङ खेलाडी, सर्वाधिक गोलकतर्ता र उत्कृष्ट गोलकिपरलाई पुरस्कृत गरिनेछ ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]