2 years ago
October 4, 2023
एजेन्सी – रियल म्याड्रिडले युरोपेली च्याम्पियन्स लिग अन्तर्गत समूह चरणको दोस्रो खेलमा नापोलिमाथि कठिन जित हात पारेको छ । निकै रोमाञ्चक खेलमा म्याड्रिडले ३-२ को जित हात पारेको हो ।

म्याड्रिडको जितमा भिनिसियस जुनियर र जुड बेलिङ्घमले समान एक एक गोल गरे । एक गोल आत्मघाती गोल रहेको थियो। नापोलिका लागि लियो ओस्टीगार्ड र पिटर जिएलिंस्कीले एक एक गोल गरेका थिए।
१९औं मिनेटमा अग्रता भने ओस्टीगार्डको गोल मार्फत नापोलिले लिएको थियो । २७औं मिनेटमा बेलिङ्घमको पासमा भिनिसियसले गोल गर्दै खेल बराबरीमा गरेका थिए।
३४औं मिनेटमा बेलिङ्घमले उत्कृष्ट एकल गोल गर्दै अग्रता दिए । मैदानको मध्य भागबाट एक्लै बललाई बढाउँदै बक्समा लगेर सुन्दर गोल गरेका थिए। ५४औं मिनेटमा नापोलिले पेनाल्टी मार्फत खेलमा पूनरागमन गरेको थियो । जिएलिंस्कीले पेनाल्टीमा गोल गर्दै खेललाई २-२ को बराबरीमा पुर्याएका थिए ।
७८ औं मिनेटमा नापोलि गोलरक्षक मेरेटको आत्मघाती गोलमा खेल ३(२ को अवस्थामा पुगेको थियो । फेडेरीको भालभर्डेको प्रहार मेरेटले क्रसबारमा धकेलेका थिए। बल क्रसबारमा लागेर मेरेटलाई लागेर पोस्टमा गएको थियो। जितपछि म्याड्रिडका दुई खेलमा ६ अंक भएको छ।
नापोलिको दुई खेलमा तीन अंक छ। ब्रागाको पनि तीन अंक रहेको छ। सोही समूहमा ब्रागाले युनियन बर्लिनमाथि ३-२ को जित निकालेको थियो।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]