2 years ago
October 4, 2023
एजेन्सी – म्यानचेस्टर युनाइटेडले युरोपेली च्याम्पियन्स लिग अन्तर्गत गालातासारायसँग ३-२ ले पराजित भएको छ। १० खेलाडीमा सिमित म्यानचेस्टर युनाइटेडले दोस्रो हार व्यहोरेको हो । युनाइटेडका रासमस होईलंडले दुई गोल गरे पनि जित टार्न सकेनन् ।

गालातासारायको जितमा विलफ्रिड जाहा, केरेम आक्तुरकोग्लु र माउरो इकार्डीले समान एक एक गोल गरे । होईलंडको गोलबाट युनाइटेडले खेलको १७ औं मिनेटमा अग्रता लिएको थियो ।
मार्कस र्यासफर्डको पासमा उनले गोल गरेका थिए । मात्र ६ मिनेटपछि जाहाले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए ।
६७ औं मिनेटमा होईलंडले पुनः व्यक्तिगत दोस्रो गोल गर्दै फेरि अग्रता दिलाएका थिए । तर मात्र ४ मिनेटपछि गालातासाराय खेलमा फर्कियो । आक्तुरकोग्लुले बारिस यिलमाजको पासमा गोल गरेका थिए।
७७ औं मिनेटमा कासेमिरो दोहोरो पहेँलो कार्ड खाँदै मैदान बाहिरिँदा युनाइटेड १० खेलाडीमा सिमित भएको थियो। उनको दोस्रो पहेँलो कार्डमा गालातासारायले पेनाल्टी पाएको थियो। तर इकार्डीले उक्त पेनाल्टीमा गोल गर्न नसक्दा आफ्नो टिमलाई अग्रता दिलाउन सकेनन्। त्यसको चार मिनेटपछि इकार्डीले नै गोल गर्दै गालातासारायका लागि जित सुनिश्चित गरे।
यस खेलपछि समूह चरणमा युनाइटेड दुवै खेलमा पराजित हुँदै अंकविहिन छ। गालातासारायको दुई खेलमा चार अंक छ।
यस्तै सोही समूहमा भएको अर्को खेलमा बायर्न म्युनिखले एफसी कोपनहेगन माथि पुनरागमन जित हासिल गर्यो। ५६औं मिनेटमा लुकास लेरागरले गोल गर्दै कोपनहेगनलाई अग्रता दिएका थिए ।
तर ६७औं र ८३औं मिनेटमा क्रमश जमाल मुसियाला र माटियास टेलले गोल गर्दै पुनरागमन जित दर्ता गरे। बायर्नको दुई खेलमा छ अंक रहँदा कोपनहेगनको दुई खेलमा एक अंक छ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]