default_image

2 years ago

October 4, 2023

एन्फा आपतकालिन बैठकका लागि कोरम पुगेन !

984 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा) मा घटनाक्रम नयाँ देखिने क्रम जारी छ । कार्यसमितिको बुधबारका लागि बोलाएको आपतकालिन बैठकमा गणपुरक संख्या नै पुग्न सकेन ।

केन्द्रीय समितिको २१ मध्ये १० जना मात्र सातदोबाटोस्थित एन्फा मुख्यालय पुगेको बताइएको छ । यद्दपी अध्यक्ष पंकजविक्रम नेम्बाङले आफू अनुकुल निर्णय गराएर बैठकमा उपस्थित नभएका केहि सदस्यलाई सहि गराउन प्रयास गरिरहेको बुझिएको छ ।

भदौ १९ गते एन्फाका ४९ साधारण सभा सदस्यले अध्यक्ष नेम्बाङ र महासचिव किरण राईको बर्खास्तीको माग गर्दै एन्फाका वरिष्ठ उपाध्यक्ष वीरबहादुर पत्रलाई निवेदन बुझाएका थिए । एन्फाले त्यसलाई अनुशासन समितिमा पठाएको थियो ।

महासचिव राईले बुधबारका लागि आपकालिन बैठकको एन्फा पदाधिकारी र सदस्यलाई पत्र पठाएका थिए । तर, आवश्यक कोरम नै नपुगेपछि एन्फा नेतृत्व अलमलमा परेको छ ।

अध्यक्ष नेम्बाङविरुद्धको बर्खास्तको प्रस्तावलाई एन्फा साधारण सभामा पेश गर्ने र महासचिव राईलाई कार्यसमितिले नियुक्त गरेकोले उनको विषयलाई साधारण सभामा नलाने निर्णयमा बहुमतको सहि जुटाउन प्रयास थालेको एक एन्फा सदस्यले जानकारी दिए ।

वरिष्ठ उपाध्यक्ष खड्का दुई उपाध्यक्ष विराटजंग शाही, दीर्घबहादुर (कुमार) केसी सहित अन्य ८ केन्द्रीय सदस्य बुधबारको बैठकमा उपस्थित नभएको बताइएको छ । अध्यक्ष नेम्बाङ, दुई उपाध्यक्ष दीपक खतिवडा, दावा लामा सदस्यहरु महेन्द्र विष्ट, दीपेन्द्र धिमाल भरतबहादुर बुढ थापा, सरिला श्रेष्ठ , पुरुषोत्तम थापा, विकासनारायण श्रेष्ठ र टिकाराम लामा मात्र उपस्थित रहेको बताईको थियो ।

बैठकमा उपस्थित नहुनेमा वरिष्ठ उपाध्यक्ष खड्का, उपाध्यक्ष शाही, केसीसहित केन्द्रीय सदस्यहरुमा रुपेश अधिकारी, रविन चन्द , रमेश व्यन्जनकार, पेमा डोल्मा लामा , मनीष जोशी, मणिराज विष्ट, भोजराज शाही, अनिल मल्ल छन् । सदस्य मध्ये दुई जनालाई बैठकको निर्णयमा सहि गराउने प्रयास भइरहेको बताइएको छ ।

आकष्मिक बैठक साधारण सभा तथा विश्व कप छनोटको विषयमा छलफल गर्न बोलाइएको बताइएको छ । नेपाल र लाओसबीच असोज २५ गते दशरथ रंगशालामा विश्व कप छनोटको पहिलो लेग हुँदैछ ।

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.