default_image

2 months ago

October 4, 2023

एन्फा अध्यक्ष बर्खास्तको प्रस्ताव विशेष साधारणमा लगिने

काठमाडौं (हाम्रो खेलकुद)– पूर्व निर्धारित समय भन्दा झण्डै ६ घन्टापछि बसेको अखिल नेपाल फुटबल संघ (एन्फा) को आकस्मिक बैठकले दुई वटा विषयमा निर्णय गरेको छ । सदस्य मनिष जोशीको उपस्थिति पछि कोरम पुगेको बैठकले कात्तिक २३ गते मकवानपुरको हेटौडामा विशेष साधारण सभा गर्ने गरेको छ । २१ सदस्यीय कार्यसमितिमा समान १० र १० अनुपस्थित बैठकको […]

1308 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– पूर्व निर्धारित समय भन्दा झण्डै ६ घन्टापछि बसेको अखिल नेपाल फुटबल संघ (एन्फा) को आकस्मिक बैठकले दुई वटा विषयमा निर्णय गरेको छ ।

सदस्य मनिष जोशीको उपस्थिति पछि कोरम पुगेको बैठकले कात्तिक २३ गते मकवानपुरको हेटौडामा विशेष साधारण सभा गर्ने गरेको छ । २१ सदस्यीय कार्यसमितिमा समान १० र १० अनुपस्थित बैठकको अन्त्यमा जोशीको प्रवेश कोरम पुगेको थियो ।

साधारण सभामा एक मात्र विषय सुचीका रुपमा एन्फा अध्यक्ष पंकजविक्रम नेम्बाङको बर्खास्तीका सम्बन्धमा निर्णायार्थ पेश गर्ने निर्णय गरेको छ । भदै २५ गते एन्फका ४९ सदस्य संस्थाले अध्यक्ष नेम्बाङ र महासचिव किरण राईको बर्खास्तीको माग गर्दै प्रस्ताव पेश गरेको थियो ।

सो प्रस्तावबारेमा कानुनी परमर्शका लागि एन्फाले आफ्नो अनुशासन समितिमा पठाएको छ । सदस्यहरुको मागलाई सम्बोधन गर्ने क्रममा एन्फाले विशेष साधारण सभा गर्ने निर्णय गरेको छ । महासचिवको हकमा राईको बर्खास्तीको विषयमा अध्यक्षको प्रस्तावमा मात्र कार्यसमितिलले निर्णय गर्ने अधिकार क्षेत्रमा पर्ने भएकोले महासचिवको बर्खास्त प्रस्ताव साधारण सभामा प्रस्तुत नगर्ने निर्ण पनि बैठकले गरेको छ ।

वरिष्ठ उपाध्यक्ष खड्का दुई उपाध्यक्ष विराटजंग शाही, दीर्घबहादुर (कुमार) केसी सहित सदस्यहरुमा रुपेश अधिकारी, रविन चन्द , रमेश व्यन्जनकार, पेमा डोल्मा लामा , मणिराज विष्ट, भोजराज शाही, अनिल मल्ल बैठकमा उपस्थित भएनन् ।

अध्यक्ष नेम्बाङ, दुई उपाध्यक्ष दीपक खतिवडा, दावा लामा सदस्यहरु महेन्द्र विष्ट, दीपेन्द्र धिमाल भरतबहादुर बुढ थापा, सरिला श्रेष्ठ , पुरुषोत्तम थापा, विकासनारायण श्रेष्ठ, टिकाराम लामा र अन्त्यमा जोशी उपस्थित भएपछि बैठक सम्भव भएको थियो ।

त्यस्तै बैठकले असोज २५ गते हुने फिफा विश्व कप छनोटको तयारीको संयोजकको जिम्मेवारी उपाध्यक्ष दिपक खतिवडालाई दिएको छ । त्यस्तै प्रतियोगिताको टिकेटिङ एन्फाले नै गर्ने भएको छ । विश्व कप छनोटको खेलका लागि सामान्य पारापिटतर्फ ३ सय र भिआइपी पारापिटतर्फ ५ सय रुपैयाँ तोकिएको छ ।

टिकट व्यवस्थापनका लागि एन्फा केन्द्रिय सदस्यहरु पुरुषोत्तम थापा, विकास नारायण श्रेष्ठ र प्रवक्ता सुरेश शाहलाई जिम्मेवारी तोकिएको एन्फाले जनाएको छ । नेपााल र लाओसबीच असोज २५ गते दशरथ रंगशालामा विश्व कप छनोटको पहिलो लेग हुनेछ ।

November 29, 2023

पिएसजी न्युकासलसँग हारबाट जोगियो

एजेन्सी – अन्तिम समयमा पेनाल्टी दिन पुग्दा इंग्लिस टोली न्युक्यासल युनाइटेड फ्रेन्च टोली पिएसजी विरुद्ध जितबाट बन्चित भएको छ । पिएसजीको घरेलु मैदान प्रिन्सेस पार्कमा भएको खेल १-१ को बराबरीमा सकिएको हो । यस बराबरीले पिएसजी अंक तालिकाको दोस्रो स्थानमा न्युकासल भन्दा १ अंकले अघि बस्न सहयोग पुग्यो । खेल न्युक्यासल युनाइटेडको पोल्टामा पर्ने लगभग […]

November 29, 2023

बार्सिलोना तीन वर्षपछि च्याम्पियन्स लिगको नकआउट चरणमा

एजेन्सी – क्याटलान क्लब बार्सिलोना तीन वर्षको अन्तरालपछि युरोपेली च्याम्पियन्स लिगको अन्तिम १६ मा प्रवेश गरेको छ । घरेलु मैदानमा पोर्चुगिज टोली पोर्टोविरुद्ध २-१ को पुनरागमन जित निकाल्दै बार्सिलोनाले अन्तिम १६ मा आफ्नो स्थान सुरक्षित गरेको हो । बार्सिलोनाका लागि जोआओ क्यान्सेलो र जाेआओ फेलिक्सले एक एक गोल गरे । सुरुवाती समयमा बार्सिलोनाले बल आफूसँग […]

November 28, 2023

अन्तिम समयमा दुई गोलसहित काठमाडौं र चितवनको बराबरी

काठमाडौं (हाम्रो खेलकुद) – अन्तिम समयमा बराबरी गर्दै काठमाडौं रेजर्सले एफसी चितवन विरुद्ध एक अंक हासिल गरेको छ । खेलको ८६औं मिनेटमा गोल खाएको काठमाडौंले थपिएको समयको दोस्रो मिनेटमा गोल गर्दै खेलमा नाटकीय बराबरी गरेको हो । ८६औं मिनेटमा नवयुग श्रेष्ठको बक्सको दायाँपट्टी बाट गरेको क्रस बक्स बायाँपट्टी विमलको खुट्टामा पुग्यो। उनले उत्सव राईको लागि […]

Success

Thank you for your time.