2 years ago
October 5, 2023
एजेन्सी – बार्सिलोनाले फेरान टोरेसको गोलमा च्याम्पियनस लिगमा एफसी पोर्टोललाई हराएको छ । बुधबार राती अवे खेलमा बार्सिलोनाका लागि टोरेसले पहिलो हाफको इन्जुरी समयमा गोल गरेका थिए । मिडफिल्डर इल्काए गुन्डोगानको पासमा टोरेस गोल गर्न सफल भएका थिए ।

चोट कारण रोर्बेट लेवान्डोस्कीले ३४ औं मिनेटमा मैदान छाडेपछि उनको ठाँउमा टोरेसले मौका पाएका थिए । बार्सिलोनाले १० खेलाडीमा सिमित हुँदै खेलको अन्त्य गरेको थियो । ३६ औं मिनेटमा पहिलो पहेलो कार्ड पाएका गाभीलेले इन्जुरी समयको तेस्रो मिनेटमा दोहोरो पहेलो कार्डपछि रातो कार्डको सामना गर्दै मैदान छाडेका थिए ।
समूह एचको अर्को खेलमा सख्तर डोनेक्सले रोयललाई ३–२ ले हरायो । दुई खेलमा दुवै जितेको बार्सिलोना ६ अंकसहित अंक शीर्षस्थानमा छ । समान ३ अंक जोडेका पोर्टो दोस्रो र सख्तर तेस्रो स्थानमा छ । पुछारमा रहेको रोयलले अंक जोड्न सकेको छैन ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]