default_image

2 years ago

October 5, 2023

पिएसजीको लज्जास्पद हार

2232 views

0 Bookmark

एजेन्सी – पेरिस सेन्ट जर्मेन (पिएसजी) ले च्याम्पियन्स लिगमा लज्जास्पद हार बेहोरेको छ । इंग्लिस क्लब न्युक्यासल युनाइटेडले पिएसजीलाई बुधबार रातीको खेलमा ४–१ ले हरााएको छ ।

दुई दशकपछि घरेलु मैदानमा युरोपको प्रतिष्ठित खेलमा न्युक्यासलले सानदार जित दर्ता गरेको छ । यसअघि सन् २००३ मा बार्सिलोनालाई २–० ले हराएको थियो । केलियन एमबाप्पे सम्मिलित पिएसजी निकै कमजोर देखिएको थियो ।

घरेलु टोलीलाई जित दिलाउन मिगुयल अलमिरोनले १७ औं मिनेटमा पहिलो गोल गरे । ३९ औं मिनेटमा डान बर्नले गोल गरेपछि पहिलो हाफमै न्युक्यासले २–० को अग्रता बनाएको थियो ।

दोस्रो हाफको ५ मिनेटमा नै सेआन लोङ्स्टाफले गोल गर्दै अन्तर बढाए । ५६ औं मिनेटमा पिएसजीका लागि लुकास हर्नान्डेजले गोल फर्काएका थिए । तर फाबिअन स्चारले इन्जुरी समयमा गोल थप्दै पुनः गोलअन्तर बढाएका थिए ।

समूह ‘एफ’को अर्को गोलमा बोरुसिया डर्टमन्ड र एसी मिलानले गोलरहित बराबरी खेलेका थिए । समूहमा २ खेलमा ४ अंक जोड्दै न्युक्यासल शीर्षस्थानमा छ । ३ अंक जोडेको पिएसजी दोस्रो, मिलान (२ अंक) तेस्रो र डर्टमन्ड (१) पुछारमा छ ।

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.