2 years ago
October 5, 2023
एजेन्सी – पछिल्ला दुई खेलमा हार बेहोरेको म्यानचेस्टर सिटीले च्याम्पियन्स लिगमा बुधबार राती जित निकालेको छ । अर्जेन्टिनी जुलियन अल्भारेजले प्रभावशाली प्रदर्शन गरेपछि सिटीले आरबी लेइपजिङलाई ३–१ ले हराएको हो ।

अल्भारेज, फिल फोडेन र जेरेमी डोकुले गोल गरे । अल्भारेजे एक असिस्ट गरेका थिए । लेइपजिङका लागि लुइस ओपेन्डाले गोल गरे । २५ औं मिनेटमा फोडेनले रिको लेविसकको पासमा गोल गरे । ओपेन्डाले दोस्रो हाफको तेस्रो मिनेटमा नै बराबरी गोल फर्काएका थिए ।
बराबरीतर्फ अघि बढेको खेलको ८४ औं मिनेटमा अल्भारेजले डोकुको पासमा गोल गरे । इन्जुरी समयमा डोकुले अल्भारेजको पासमा गोल गरेपछि सिटीको जित सहज बनेको थियो । सिटी प्रिमियर लिगमा उल्भ्ससँग २–१ ले र काराबाओ कपमा न्युक्यसलसँग १–० ले पराजित भएकोा थियो ।
च्याम्पियन्स लिग समूह ‘जी’को अर्को खेलमा एफके क्रिभिना र योङ ब्वाइजले २–२ को बराबरी खेले । सिटी ६ अंकका साथ शीर्षस्थानमा छ । दोस्रो स्थानको लेइपजिङको ३ अंक छ । योङ ब्वाइज र क्रिभिनाको समान १ अंक छ ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]