2 months ago
October 6, 2023
काठमाडौं (हाम्रो खेलकुद) – चीनमा जारी एसियाली खेलकुद (एसियाड) मा सहभागी भई स्वदेश फर्किएर पुन: इजरायल पुगेकी सावित्रा भण्डारी साम्बाले क्लबका लागि गोल गरेकी छन् । इजरायलको महिला लिगमा बिहीबार राती भएको खेलमा साम्बा सम्मिलित हापोएल रानानाले हापोएल काटामोन जेरुसेलमसँग २–२ को बराबरी खेल्दै अंक बाँडेको छ। दोस्रो हाफमा मैदान प्रवेश गरेकी सम्बाले इन्जुरी समयमा […]
काठमाडौं (हाम्रो खेलकुद) – चीनमा जारी एसियाली खेलकुद (एसियाड) मा सहभागी भई स्वदेश फर्किएर पुन: इजरायल पुगेकी सावित्रा भण्डारी साम्बाले क्लबका लागि गोल गरेकी छन् ।
इजरायलको महिला लिगमा बिहीबार राती भएको खेलमा साम्बा सम्मिलित हापोएल रानानाले हापोएल काटामोन जेरुसेलमसँग २–२ को बराबरी खेल्दै अंक बाँडेको छ। दोस्रो हाफमा मैदान प्रवेश गरेकी सम्बाले इन्जुरी समयमा पेनाल्टी बक्स बाहिरबाट गोल गरेकी थिइन् ।
रानानाका लागि अर्को गोल थोम्पसनले गरकी थिइन्। ४ दिन अघि लिग च्याम्पियन केर्यात गाटसँगको खेल रानानाले ५-०ले गुमाएको थियो। रानानाको अर्को खेल अर्को साताको बिहीबार आसा तेल अभिभसँग हुनेछ ।
December 4, 2023
एजेन्सी – इंग्लिश प्रिमियर लिग अन्तर्गत आईतबार साँझ भएको खेलमा लिभरपुलले फुलहम विरुद्ध ४-३ को रोमाञ्चक जित निकालेको छ । घरेलु मैदान एनफिल्डमा भएको खेलमा लिभरपुलले अन्तिम समयमा ३-२ ले पछि परेको अवस्था उल्ट्याउँदै ४-३ को जित निकालेको हो । खेलमा लिभरपुलले २०औं मिनेटमा अग्रता लिएको थियो । ट्रेन्ट अलेकज्याण्डर-आर्नोल्डको फ्रिकिक क्रसबारमा लागेर फर्किदा फुलहम […]
December 4, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल सुपर लिग २ अन्तर्गत सोमबार साविक विजेता काठमाडौं रेजर्स फुटबल क्लबले नवप्रवेशी झापा फुटबल क्लबको सामना गर्दैछ । दशरथ रंगशालामा साँझ ५ बजे हुने खेलमा झापा पहिलो जितको खोजीमा हुनेछ । दुवै टोलीले आफ्नो पछिल्लो खेलमा इन्ज्युरी समयको गोलको सहयोगले हार टारेका थिए । दुवै टोलीका लागि विदेशी खेलाडी नै […]
December 4, 2023
एजेन्सी – म्यानचेस्टर सिटी र टोटेनहम हट्सपरबीच इंग्लिस प्रिमियर लिगअन्तर्गत आइतबार भएको खेल ३-३ को रोमान्चक बराबरीमा सकिएको छ । सिटीविरुद्ध लगातार बाधक बन्दै आएको टोटेनहमले खेलको अन्त्यतिर गोल गर्दै पुन: एकपटक सिटीलाई जितबाट बन्चित गर्यो । सिटी अंक तालिकाको तेस्रो स्थानमा झर्दा टोटेनहमले भने लगातार हारको सिलसिलामा पूर्णविराम लगायो । टोटेनहमका कप्तान ह्युङ मिन […]