2 years ago
October 6, 2023
एजेन्सी – युरोपा लिगमा गए राति लिभरपुल विजयी भएको छ । लिभरपुलले बेल्जियन टोली रोयाल युनियन सेन्ट–गिलोइस माथि २–० ले हरएको छ । लिभरपुलको जितमा रायन ग्रेभेनबर्च र डिएगो जोटाले एक–एक गोल गरेका हुन्।

खेलको सुरुवात देखि सेन्ट–गिलोइस माथि दबाब सृजना गरेको इंग्लिस टोलीले अग्रता भने ४४औं मिनेटमा लिएको थियो । ग्रेभेनबर्चले ट्रेन्ट अलेक्जेंडर आर्नोल्डको क्रसमा सहजै बललाई जालीको दिशा दिएक थिए । अर्को गोल खेलको अन्तिम तिर भएको थियो । जोटाले खेलमा थपिएको समयको दोस्रो मिनेटमा गोल गर्दै जित निश्चित गरेका थिए।
समूह इ मा रहेको लिभरपुलको २ खेलमा ६ अंक छ । दोस्रो स्थानमा रहेको टुलुजको ४ अंक रहँदा सेन्ट–गिलोइसको १ अंक रहेको छ। गए राति भएका खेलमा रोमाले सेर्भेटे ४–० जित निकाल्दा स्लाभिया प्रागले शेरिफ टिरास्पोल लागि ६–० ले हरायो ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]