2 years ago
October 7, 2023
काठमाडौं (हाम्रो खेलकुद) – कलाकार तथा मोडल मिस पवी (पवी साँकी) लाईं धनगढी एफसीले आफ्नो ब्रान्ड एम्बास्डर नियुक्त गरेको छ ।

ग्रो ड्रिमर्सको स्वामित्वमा रहेको नेपाल सुपर लिग (एनएसएल) को साविक उपविजेता टोली हो । धनगढी एफसीका सिईयो सकुश केसी र कलाकार मिस पवीले शुक्रबार सम्झौता पत्रमा हस्ताक्षर गरे ।
सम्झौता अनुसार पवी यो सिजनको एनएसएलको लागि धनगढी एफसीको ब्रान्ड एम्बास्डर हुनेछिन । धनगढी एफसीको खेलका बेला मिस पवीले दशरथ रंगशालामा बसेर धनगढी एफसीलाई समर्थन समेत गर्नेछिन् । ब्रान्ड एम्बास्डर नियुक्त भएपछि पवीले एकदमै उत्साहित भएको बताइन् ।
‘एनएसएलको साविक उपविजेता टोली धनगढी एफसीको ब्रान्ड एम्बास्डरका रुपमा जोडिन पाउँदा म एकदमै उत्साहित छु । कहिले दशरथ रंगशालामा खेल होला र कहिले खेल हेर्न जाउला भनेर आतुर पनि भैसँके,’ उनले भनिन्, ‘पहिलो सिजनमा सबैको अपार मायाँ साथ समर्थन पाएर धनगढी एफसी उपविजेता बनेको थियो । यस सिजनमा पनि नयाँ उत्साहका साथ आएको छ । धनगढीले अझै राम्रो फुटबल पस्किदै दर्शकहरुलाईं मनोरन्जन दिने विश्वास छ ।’
धनगढी एफसीका सिईयो केसीले सुदूरपश्चिम र कर्णाली प्रदेशको प्रतिनिधत्व गरिरहेको धनगढी एफसीको ब्रान्ड एम्बास्डरको रुपमा सोही क्षेत्रकै लोकप्रिय कलाकारलाई ब्रान्ड एम्बास्डरको रुपमा पाउँदा खुसी व्यक्त गरे ।

‘सुदूरपश्चिमबाट उदाउँदै लोकप्रिय कलाकार समेत रहनुभएकी मिस पवीलाई धनगढी एफसीको ब्रान्ड एम्बास्डरका रुपमा पाउँदा हामी अत्यन्तै हर्षित छौं,’ केसीले भने, ‘उहाँको आगमनले टोलीमा नयाँ उर्जा थपिएको छ । उहाँलाई धनगढी एफसी परिवारमा स्वागत गर्न चाहान्छु ।’
एनएसएलको दोस्रो संस्करण मंसिर ८ देखि पुस २१ गतेसम्म काठमाडौंको दशरथ रंगशालामा हुँदैछ । एनएसएलको यस सिजनका लागि धनगढी एफसीको मार्की खेलाडीमा नेपाली राष्ट्रिय टिमका प्रतिभावान मिडफिल्डर आशिष चौधरी रहेका छन् । आशिषले शहीद स्मारक लिग ‘ए’ डिभिजन लिगमा चर्च ब्याइज यूनाइटेडबाट खेल्दै टोलीलाई लिग च्याम्पियन बबनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।
अक्सनबाट धनगढी एफसीले साइमन लिम्बु, निशान लिम्बु, मिलन राई, सुरेश कुमाल, रन्दीप पौडेल, मनोज राई, कमल श्रेष्ठ, टेकेन्द्र सिंह थापा, देवेन्द्र तामाङ, हेमन्त श्रेष्ठ, अभिषेक गुरुङ, कृतिश रत्न छुन्जु र रामचन्द्र वाजीलाईं अनुबन्ध गरिसकेको छ ।
प्रशिक्षकमा भने धनगढी एफसीले युगोलकिशोर राईंलाई निरन्तरता दिएको छ । धनगढी एफसीले मंसिर १० गते वीरगञ्ज यूनाइटेडसँग खेल्दै यसपटकको एनएसएलको सुरुवात गर्नेछ ।
December 19, 2025
एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]