2 years ago
October 7, 2023
काठमाडौं ( हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनएसएल) टोली झापा एफसीले नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान हरि खड्कालाई ब्रान्ड एम्बेसडर नियुक्त गरेको छ ।

कीर्तिमानी फरवार्ड खड्कालाई झापा एफ.सी.ले दोस्रो संस्करणको एनएसएलका लागि आफ्नो ब्रान्ड एम्बेसेडरको रूपमा घोषणा गरेको हो । खड्का र नीराजन रायमाझीले राष्ट्रिय टोलीका लागि सबैभन्दा बढी १३ गोल गरेका छन् ।
‘ फुटबलका हस्तीलाई हरि खड्कालाई हाम्रो ब्रान्ड एम्बेसेडरको रूपमा पाउनु झापा एफ.सी.को लागि गौरवको विषय हो । नेपाली फुटबलमा उनको अतुलनीय योगदान र झापा जिल्लासँगको उनको सम्बन्धले यो साझेदारीलाई साँच्चै विशेष बनाएको छ ,’झापा एफ.सी.का अध्यक्ष अर्पण विक्रम खड्काले भने।
मैदानमा आफ्नो उत्कृष्ट खेल र कलाकौशलका लागि परिचित खड्काले पनि यो नयाँ भूमिकाको बारेमा आफ्नो उत्साह व्यक्त गरे। ‘ झापा एफ.सी. नेपाली
फुटबललाई केही परिवर्तन गर्ने अठोटका साथ आएको छ र मेरै जिल्लाको क्लबलाई प्रतिनिधित्व गर्न पाउनु सम्मानको विषय हो,’ खड्काले भने,’ फुटबलको विकासमा योगदान दिन र झापा एफ.सी.लाई एनएसएलमा समर्थन गरी आफ्नो तर्फबाट गर्न सक्ने सम्पूर्ण सहयोग गर्न तत्पर छु।’
झापा एफ.सी महासचिव सुजन गौतमले भने,
‘झापा एफ.सी.मा हरि सरको संलग्नता हाम्रो क्लब र हाम्रा खेलाडीहरूको लागि महत्त्वपूर्ण हुनेछ। उहाँको अनुभव र खेलप्रतिको लगावले पक्कै पनि हाम्रो टोलीलाई आगामी एनएसएलमा उत्कृष्ट प्रदर्शन गर्न प्रेरित गर्नेछ।’
झापा एनएसएल पहिलो पटक खेल्ने ३ टोली मध्येको एक हो । ९ टोलीको सहभागितामा एनएसएल मंसिर ८ गतेदेखि दशरथ रंगशालामा सुरु हुँदैछ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]