default_image

2 years ago

October 8, 2023

सिटी र आर्सनल दुबैलाई शीर्ष स्थानमा उक्लिने मौका

815 views

0 Bookmark

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा आइतबार (आज) उपाधि दाबेदार दुई टोली आर्सनल र म्यानचेस्टर सिटी भिड्दै छन्। खेल नेपाली समय अनुसार बेलुका ९:१५ बजे सुरु हुनेछ।

गत सिजन धेरै समय तालिकाको शीर्ष स्थानमा बिताएको आर्सनललाई पछि पार्दै सिटीले अन्तिममा उपाधि हात गरेको थियो। त्यो सिटीको लगातार तेस्रो प्रिमियर लिगको उपाधि समेत थियो।

आर्सनलका लागि भने गत सिजन सन् २००४ पछि पहिलो पटक लिग जित्ने मौका थियो। सिटीका प्रशिक्षक पेप गार्डिओलाको सहायकको भुमिका निभाएका प्रशिक्षक मिकेल आर्टेटाले २०१९ बाट प्रशिक्षण सम्हालेपछि आर्सनलको प्रदर्शन सुध्रिदै गएको छ।

त्यसैकारण गत सिजन आर्सनल लिग उपाधिको नजिक पुगेको थियो। तर पेपको टोलीले फेरि बाजी मारेको थियो। प्रिमियर लिग सहित एफए कप र च्याम्पियन्स लिग उपाधि उचाल्दै सिटीले ऐतिहासिक ट्रेबल समेत हात पारेको थियो।

यो सिजन पनि यी दुई टोली उपाधि दाबेदार रहेका छन्।८ खेलको समाप्तीमा सिटीको १८ अंक रहँदा आर्सनलको १७ अंक छ। यो दुई टोली क्रमशः दोस्रो र तेस्रो स्थानमा छन्। पहिलो स्थानमा रहेको टोटनहमको ८ खेलमा २० अंक रहेको छ।

दुई टोलीमा जसले जितेपनि अंक तालिकाको शीर्ष स्थानमा उक्लने छ भने बराबरीमा यथास्थानमा रहने छन्।

प्रिमियर लिगमा आज अन्य ३ खेल समेत हुने छन्। साँझ ६:४५ बजे हुने खेल हरुमा ब्राइटन र लिभरपुल , वेस्ट ह्याम र न्युक्यासल युनाइटेड तथा वल्भ्सर एस्टन भिल्लाबीच प्रतिस्पर्धा हुनेछ ।

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.