2 years ago
October 8, 2023
एजेन्सी –इंग्लिस प्रिमियर लिगम आइतबार लिभरपुल र ब्राईटनले २–२ को रोमाञ्चक बराबरी खेलेका छन् । घरेलु मैदान एमेक्स स्टेडियममा भएको खेलमा ब्राईटनको लागि सिमोन अडिनग्रा र बेन डंकले गोल गरे । लिभरपुलका लागि दुबै गोल मोहम्मद सालाहले गरे ।

ब्राईटनले खेलको २०औं मिनेटमा अडिनग्राको गोलमा अग्रता लिएको थियो । एलेक्सिस मक अल्लिस्टर बक्स बाहिर सचेत नरहँदा अडिनग्राले बल खोसेर सहजै गोल गरेका थिए। सालाहले ४०औं मिनेटमा बराबरी गोल गरे । उनले डार्विन नुनेजको पासमा गोल गरेका थिए ।
पहिलो हाफको अन्त्य तिर लिभरपुलले पेनाल्टी मार्फत अग्रता लिने मौका पायो । सालाह पेनाल्टीमा चुकेनन् र टोलीलाई अग्रता दिलाए । ७८औं मिनेटमा पछि पारेको ब्राइटनले बराबरी गोल गर्यो । सोल्ली मार्चको क्रसमा बेन डंकले गोल गर्दै टोलीलाई हारबाट जोगाए ।
बराबरी पछि लिभरपुल ७ खेलमा १७ अंक सहित तेस्रो स्थानमा रहँदा ब्राईटन १६ अंक सहित छैठौं स्थानमा छ । प्रिमियर लिगका अरु दुई खेलपनि बराबरीमा टुंगिएका छन् । वेस्ट ह्याम र न्युक्यासल युनाइटेडले २–२ र वल्भ्स र एस्टन भिल्लाले १–१ को बराबरी खेलेका छन् ।
आज राती ९ः१५ बजे दुई उपाधि दाबेदार टोली म्यानचेस्टर सिटी र आर्सनलले एकअर्काको सामना गर्ने छन्।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]