default_image

2 years ago

October 12, 2023

विश्व कप छनोट – नेपालले आज लाओसको सामना गर्दै

1418 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- फिफा विश्वकप २०२६ को एसियाली छनोटको पहिलो चरणको पहिलो खेलमा नेपालले बिहिबार (आज) लाओसको सामना गर्दैछ ।

डबल लेगको ढाँचामा खेलाइने पहिलो चरणको पहिलो खेल त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा साँझ ५:३० बजे सुरु हुनेछ ।

इटालियन प्रशिक्षक भिन्सेन्जो अल्बर्टो अनेसेले दुई नयाँ खेलाडी समेट्दै बुधबार २३ सदस्यीय अन्तिम टोली घोषणा गरिसकेका थिए । हिमालयन शेर्पा क्लबका डिफेन्डर अमृत श्रेष्ठ र न्यू रोड टिमका फरवार्ड सञ्जिव विष्टले पहिलो पटक राष्ट्रिय टोलीमा स्थान बनाएका छन् ।

नेपालको पहिलो चरणको दोस्रो खेल भने अक्टोबर १७ मा लाओसमा हुने छ । फिफा वरियतामा एसियामा २७ देखि ४६ सम्म परेका २० टोलीले पहिलो चरणको छनोट दुई लेगमा होम-एण्ड-अवे खेल्नेछन् ।

त्यसमध्येका दश विजेताले छनोटको दोस्रो चरणमा पुग्ने छन्। दोस्रो चरणको छनोट समूह चरणको ढाँचामा हुनेछ ।

नेपाली फुटबल टोली

गोलकिपर–  किरण कुमार लिम्बु, दीप कार्की, अभिषेक बराल

डिफेन्डर – सनिश श्रेष्ठ, अनन्त तामाङ, आशिष गुरुङ, रोहित चन्द, अन्जन राई, आशिष चौधरी, अमृत श्रेष्ठ

मिडफिल्डर–  एरिक विष्ट, सुदिप गुरुङ, लाकेन लिम्बु, आवास लामिछाने, उत्सव राई, कृतिश रत्न छुन्जु, मनिष डाँगी

फरवार्ड –  अन्जन विष्ट, आयुष घलान, जिलेस्पे जंग कार्की, दिनेश हेन्जन, हिसुब थपलिया, सञ्जीव विष्ट

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.