2 years ago
October 12, 2023
काठमाडौं (हाम्रो खेलकुद)- फिफा विश्वकप २०२६ को एसियाली छनोटको पहिलो चरणको पहिलो खेलमा नेपालले बिहिबार (आज) लाओसको सामना गर्दैछ ।

डबल लेगको ढाँचामा खेलाइने पहिलो चरणको पहिलो खेल त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा साँझ ५:३० बजे सुरु हुनेछ ।
दुई टोली बिचको इतिहास हेर्ने हो भने नेपाल लाओस माथि हाबी देखिन्छ । औपचारिक र अनौपचारिक गरि नेपाल र लाओसले अहिलेसम्म ४ खेल खेलेका छन् । ३ खेलमा नेपालले लाओसलाई हराएको छ भने एक खेल बराबरीमा टुङ्गिएको थियो ।
नेपाल र लाओस बीचको पहिलो खेल सन् २०१६ मे महिनामा मैत्रीपूर्ण खेलको रुपमा भएको थियो । सो खेल १-१ को बराबरीमा सकिएको थियो । दोस्रो खेल भने सोहि वर्षको नोभेम्बरमा एएफसी सोलिडारिटी कपमा भएको थियो। सो खेल निर्धारित समयमा २-२ मा सकिएपनि नेपालले पेनाल्टी शुटआउटमा जित्न सफल भएको थियो ।
गत मार्चमा काठमाडौंमा भएको प्रधानमन्त्री थ्री नेसन्स कपमा नेपालले लाओस संग दुई खेल खेलेको थियो । पहिलो खेलमा २-० जित दर्ता गरेको नेपालले सोही प्रतियोगिताको फानलमा भने २-१ को पुनरागमन जित दर्ता गरेको थियो। फाइनल खेल भने फिफा डेमा नपरेको हुँदा औपचारिक खेलमा गनिदैन।
नेपाल आज पनि घरेलु समर्थक सामु जित निकाल्दै छनोटमा सुखद सुरुवात गर्न चाहन्छ । यि दुई टोलीबीच पहिलो चरणको दोस्रो खेल असोज ३० गते लाओसमा हुनेछ ।
नेपाली फुटबल टोली
गोलकिपर– किरण कुमार लिम्बु, दीप कार्की, अभिषेक बराल
डिफेन्डर – सनिश श्रेष्ठ, अनन्त तामाङ, आशिष गुरुङ, रोहित चन्द, अन्जन राई, आशिष चौधरी, अमृत श्रेष्ठ
मिडफिल्डर– एरिक विष्ट, सुदिप गुरुङ, लाकेन लिम्बु, आवास लामिछाने, उत्सव राई, कृतिश रत्न छुन्जु, मनिष डाँगी
फरवार्ड – अन्जन विष्ट, आयुष घलान, जिलेस्पे जंग कार्की, दिनेश हेन्जन, हिसुब थपलिया, सञ्जीव विष्ट
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]