default_image

2 months ago

October 12, 2023

इजरायलबाट साम्बा स्वदेश आइपुगिन्

काठमाडौं (हाम्रो खेलकुद) – व्यवसायिक फुटबलका लागि इजरायल गएकी नेपाली राष्ट्रिय टोलीकी फरवार्ड सावित्रा भण्डारी साम्बा बुधबार राती ११:०० बजे स्वदेश आइपुगेकी छिन् । प्यालेस्टाइनी विद्रोही समूह हमासको हमलाका कारण इजरायल शनिबारदेखि हिंसाग्रस्त भएपछि त्यहाँका सबै फुटबल गतिविधि स्थगित भएपछि साम्बा स्वदेश फर्केकी हुन् । साम्बा रहने क्षेत्र रानानामा तुलानात्मक रुपमा शान्त भएपनि फुटबलका सबै गतिविधि […]

290 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – व्यवसायिक फुटबलका लागि इजरायल गएकी नेपाली राष्ट्रिय टोलीकी फरवार्ड सावित्रा भण्डारी साम्बा बुधबार राती ११:०० बजे स्वदेश आइपुगेकी छिन् ।

प्यालेस्टाइनी विद्रोही समूह हमासको हमलाका कारण इजरायल शनिबारदेखि हिंसाग्रस्त भएपछि त्यहाँका सबै फुटबल गतिविधि स्थगित भएपछि साम्बा स्वदेश फर्केकी हुन् ।

साम्बा रहने क्षेत्र रानानामा तुलानात्मक रुपमा शान्त भएपनि फुटबलका सबै गतिविधि स्थगित भएपनि उनी फर्कन लागेकी हुन् । क्लबले तदारुकता देखाउँदै टिकटको प्रबन्ध गरेर पठाएको उल्लेख गर्दै साम्बाले स्थिति सहज भएपछि पुन: इजरायल जाने बताइन् ।

त्रिभुवन विमानस्थलमा उनलाई अखिल नेपाल फुटबल संघका प्रवक्ता सुरेश शाहले स्वागत गरेका थिइन् । साम्बाले इजरायलमा मृत्यु भएकाहरू प्रति श्रद्धाञ्जली व्यक्त गर्नुका साथै आफन्तजनमा धर्य धारण गर्ने शक्ति मिलोस् भन्ने कामना गरिन् ।

साम्बा वुमन्स लिग क्लब हापोयल रानानामा आबद्ध छिन् । गत साता उनको गोलमा टोली हाराबाट जोगिएको थियो । चीनमा भएको १९ औं एसियाली खेलकुद (एसियाड) मा भाग लिएर स्वदेश फर्केलगत्तै साम्बा इजरायल गएकी थिइन् ।

साम्बा सम्मलित टोलीले लिगका ४ खेलमा १ मा जित, २ मा बराबरी र १ खेल खेलमा हार बेहोरेको छ । ५ अंकका साथ टोली अंक तालिकाको पाँचौ स्थानमा छ ।

युइएफएले विज्ञप्ती जारी गर्दै इजरायलको वर्तमान सुरक्षालाई ध्यानमा राख्दै दुई साताका लागि इजरायलमा निर्धारित सबै खेलहरु स्थगित गर्ने जानकारी गराएको थियो ।

स्थगित खेलका लागि नयाँ मिति पछि तोक्ने बताइएको छ । इजरायललमा शनिबार बिहानैबाट भएको आक्रमणमा परि १० नेपालीले ज्यान गुमाएका छन् । गाजा क्षेत्रमा हिंसाको कारण अहिलेसम्म १ हजार भन्दा बढीले ज्यान गुमाइसकेका छन् ।

स्वदेश फर्केपछि विमानस्थलमा सम्बासँगको अन्तरवार्ता :

November 28, 2023

अन्तिम समयमा दुई गोलसहित काठमाडौं र चितवनको बराबरी

काठमाडौं (हाम्रो खेलकुद) – अन्तिम समयमा बराबरी गर्दै काठमाडौं रेजर्सले एफसी चितवन विरुद्ध एक अंक हासिल गरेको छ । खेलको ८६औं मिनेटमा गोल खाएको काठमाडौंले थपिएको समयको दोस्रो मिनेटमा गोल गर्दै खेलमा नाटकीय बराबरी गरेको हो । ८६औं मिनेटमा नवयुग श्रेष्ठको बक्सको दायाँपट्टी बाट गरेको क्रस बक्स बायाँपट्टी विमलको खुट्टामा पुग्यो। उनले उत्सव राईको लागि […]

November 28, 2023

चितवन र काठमाडौं पहिलो हाफमा गोलरहित

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल सुपर लिगको दोस्रो संस्करण अन्तर्गत दशरथ रंगशालामा जारी खेलमा साविक विजेता काठमाडौं रेजर्स र एफसी चितवनले गोलरहित पहिलो हाफ खेलेका छन् । खेल प्रतिस्पर्धात्मक भएपनि कुनै टोलीले स्पष्ट मौका भने सिर्जना गर्न सकेका छैनन् । खेलको सुरुवातमै चितवनका विमल घर्ती मगरको थ्रु पासमा रफिक अमिनु पुग्नु अघि काठमाडौं गोलरक्षक अभिषेक […]

November 28, 2023

काठमाडौं र चितवनको भिडन्त आज

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल सुपर लिगको दोस्रो संस्करण अन्तर्गत आजको खेलमा काठमाडौंं रेजर्स र एफसी चितवन खेल्दैछन् । खेल साँझ ५:३० बजे दशरथ रंगशालामा सुरु हुनेछ । दुवै टोली आफ्नो दोस्रो खेल खेल्दैछन् । दुवै टोलीको पहिलो खेलको कथा भने फरक थियो । चितवनलाई धेरैले यस संस्करणको उपाधि दाबेदार मानेका छन् । तर पहिलो […]

Success

Thank you for your time.