2 years ago
October 12, 2023
काठमाडौं (हाम्रो खेलकुद)– नेपालविरुद्ध विश्व कप छनोटको पहिलो लेगको पहिलो हाफमा लाओसले अग्रता लिएको छ । लाओसका कप्तान बौनफाचन बौनकोङले ३३ औं मिनेटमा गरेको गोलबाट नेपाल पछि परेको हो ।

नेपालले खेलमा स्पष्ट मौका भने बनाउन सकेन । १३औं मिनेटमा लाकेन लिम्बुको बक्स बाहिर बाट गरेको प्रहार गोल पोष्टको माथि बाट बाहिरिएको थियो । ३७ औं मिनेटमा आभाष लामिछानेको क्रसमा जिलेस्पी जंग कार्कीले लिएको प्रहारले पोस्टको दिशा लिन सकेन । यी दुई प्रहार बाहेक नेपालले स्पष्ट प्रहार गर्न सकेको छैन ।
बौनकोङले खेलको ३३ औं मिनेटमा अग्रता दिलाएका थिए । लाओसले आफ्नो पहिलो स्पष्ट मौकामा नै गोल गर्न सफल भएको हो । मिडफिल्डमा आयुष घलानले मिसपास गरेपछि लाओस गोल गर्न सफल भएको हो ।
चोनी वेनपासर्थले दिएको पासमा बौनकोङले सुन्दर टच लिँदै नेपालका डिफेन्डरद्वय अनन्त तामाङ र रोहित चन्द सहित गोलकिपर किरण चेम्जोङलाई बिट गर्दै गोल गर्न सफल भएका थिए।
पहिलो चरणको विश्वकप छनोट दुई लेगको फर्म्याटमा खेलाईने छ । एसियाली टोलीमा वरियतामा सबैभन्दा तल रहने २० टोली पहिलो चरण खेल्दै छन् । नेपाल र लाओस बीचको दोस्रो खेल असोज ३० गते लाओसमा हुनेछ । दुई खेलमा अग्रता लिने टोली दोस्रो चरणमा प्रवेश गर्नेछ ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]