2 years ago
October 12, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल राष्ट्रिय फुटबल टोलीका फरवार्ड अन्जन विष्टले राष्ट्रिय पुरुष टोलीबाट सबैभन्दा धेरै गोल गर्ने कीर्तिमान बराबरी गरेका छन् ।

लाओसविरद्ध ४८ औं मिनेटमा गोल गर्दै अन्जनले अन्तर्राष्ट्रिय गोल संख्या १३ पुर्याएका हुन् । एरिक विष्टको कर्नरमा अन्जनले हेड गोल गरेका थिए । एरिक आशिष चौधरीको स्थाानमा मैदान प्रवेश गरेका थिए । यसअघि हरि खड्का र निराजन रायमाझीकको नाममा सर्वाधिक गोलको कीर्तिमान थियो ।
सन् २०१४मा फिलिपिन्स विरुद्ध राष्ट्रिय टोलीबाट डेब्यु गरेका अन्जन पछिल्लो दुई वर्ष राम्रो स्कोरिङ टचमा छन् । उनको राष्ट्रिय टोली बाट पहिलो गोल भने २०१९ मा विश्वकप छनोट अन्तर्गत चाइनिज ताईपेई सँग आएको थियो। सो खेलमा उनले दुई गोल गरेका थिए ।
अन्जनको गोलसँग विश्व कप छनोटमा १–१ को बराबरी भएको छ । लाओसले पहिलो हाफमा गोल गरेको थियो ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]