2 years ago
October 12, 2023
काठमाडौं (हाम्रो खेलकुद)– युवा मिडफिल्डर उत्सव राईले नेपाली राष्ट्रिय फुटबल टोलीलाई डेब्यु गरेका छन् ।

दशरथ रंगशालामा जारी विश्वकप छनोट अन्तर्गत लाओस विरुद्ध पहिलो लेगमा आभाष लामिछानेको स्थानमा मैदान प्रवेश गर्दै उत्सवले राष्ट्रिय टोलीबाट डेब्यु गरेका हुन्।
गत सिजनको सहिद स्मारक ए डिभिजन लिगमा उनले माछिन्द्रका लागि २० खेल खेल्दा ११ खेलमा सुरुवाती रोजाइमा खेलेका थिए ।
उनी गत सेप्टेम्बरमा म्यानमार विरुद्धको मैत्रीपूर्ण खेलमा पहिलो पटक राष्ट्रिय टोलीमा परेका थिए । तर उनले डेब्युको अवसर पाएका थिएनन् ।
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- उमेर समूहका उत्कृष्ट खेलाडी उत्पादन गर्ने उद्देश्यले अन्नपूर्ण आरसीटीले आयोजना गरेको ३० साताको फुटबल स्तर अभिवृद्धि प्रशिक्षण कार्यक्रम आइतबार सम्पन्न भएको छ । असार १४ गते सुरु भएको यस ग्रासरुटको कार्यक्रममा ७१ खेलाडीको सहभागिता थियो । त्यसमध्ये २२ किशोरी रहेका थिए । लैनचोर युवा क्लबको सहयोगमा चैनचोर फुटबल मैदानमा आयोजित प्रशिक्षण कार्यक्रम […]
December 7, 2025
एजेन्सी – प्रिमियर लिगमा शनिवार लिड्स युनाइटेडले निकै रोमाञ्चक खेलमा लिभरपुललाई ३-३ को बराबरी रोकेको छ। इन्जुरी समयको छैंटौं मिनेटमा जापानी खेलाडी एओ तानाकाले गोल गरेपछि लिड्सले एक अंक जोगाउन सफल भयो। खेलको ४८ र ५० औं मिनेटमा लिभरपुलका ह्युगो एकिटिकेले दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर लिड्सले खेलमा फर्कने प्रयास जारी […]
December 7, 2025
एजेन्सी – शीर्ष स्थानको बार्सिलोनाले ला लिगामा आफ्नो अग्रता थप मजबुत बनाउँने क्रममा शनिवार रियल बेटिसलाई ५-३ ले हराएको छ। रोचक खेलमा फरान टोरेसले पहिलो हाफमै ह्याट्रिक गर्दै टोलीलाई शानदार जित दिलाए। खेलमा अग्रता भने बेटिसले लियो । छैटौँ मिनेटमै एन्टोनीले नजिकैबाट गोल गर्दै १-० को अग्रता दिलाए। तर त्यो अग्रता धरै समय टिकेन। ५ […]