2 years ago
October 13, 2023
काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय फुटबल टोली विश्व कप छनोटअन्तर्गत पहिलो चरणको दोस्रो लेगका लागि आज (शुक्रबार) लाओस प्रस्थान गर्दैछ ।

तर, पूर्व निर्धारित समय भन्दा ढिला दिउँसो ३ बजे टोली लाओसका लागि उड्न अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ । पूर्व निर्धारित समय अनुसार दिउँसो १२ः३० बजे फ्लाइट टाइम थियो । नेपाल र लाओस फुटबल टोली एउटै उडानबाट जाँदैछन् ।
नेपाल र लाओसबीच बिहीबार दशरथ रंगशालामा भएको पहिलो लेग १–१ को बराबरीमा टुंगिएको थियो । दोस्रो हाफमा अन्जन विष्टले गोल गरेपछि नेपाल हारबाट जोगिएको थियो । ४८ औं मिनेटमा एरिक विष्टको कर्नरमा अन्जनले सिक्स यार्ड बक्सको एजबाट हेडमार्फत गोल गरेका थिए । त्यसअघि खेलको ३३ औं मिनेटमा लाओसका कप्तान बौनफाचन बौनकोङले लाओसलाई अग्रता दिलाएका थिए ।
अन्जनको त्यो १३ औं अन्तर्राष्ट्रिय गोल थियो । त्योसँगै उनले राष्ट्रिय पुरुष फुटबल टोलीबाट सर्वाधिक गोलको कीर्तिमानमा बराबरी गरेका छन् । उनले हरि खड्का र निराजन रायमाझीको सर्वाधिक गोलको कीर्तिमानीसँग बराबरी गरेका हुन् । अन्जनले आफ्नो ६० औं खेलमा कीर्तिमानी बराबरी गरेका हुन् । सन् २०१४ मा फिलिपिन्सविरुद्ध खेल्दै अन्जनले राष्ट्रिय डेब्यू गरेका थिए ।
पहिलो चरणको विश्वकप छनोट दुई लेगको फर्म्याटमा खेलाइएको छ । एसियाली टोलीहरु मध्ये वरियतामा सबैभन्दा तल रहने २० टोली पहिलो चरण खेल्दै छन् । नेपाल र लाओस बीचको दोस्रो लेग असोज ३० गते लाओसमा हुने छ । दुई खेलमा अघि रहने टोली छनोटको दोस्रो चरणमा प्रवेश गर्नेछ ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]