2 years ago
October 13, 2023
काठमाडौं (हाम्रो खलकुद) – विश्व कप छनोटमा अवे गोलको फाइदा हुने छैन । दशरथ रंगशालामा फिफा विश्वकप २०२६ छनोटको पहिलो चरण अन्तर्गत बिहीबार पहिलो लेगमा नेपाल र पाहुना टोली लाओसले १–१ को बराबरी खेलेका थिए ।

पछि परेको अवस्थामा अन्जन विष्टले दोस्रो हाफको सुरुवाती गोल गर्दै खेललाई बराबरी गरेका थिए । खेल १–१ को बराबरीमा लाओस एक ‘अवे गोल’ गर्न सफल भयो । सामान्यत दुई लेग ढाँचामा खेलाईने खेलहरुमा अवे गोल निकै महत्वपूर्ण मानिने गर्दछ ।
दुई लेगमा बराबरी भएको खण्डमा अवे गोलको नियम अनुसार जुन टोलीले विपक्षीको मैदानमा सर्वाधिक गोल गरेको हुन्छ, त्यही टोलीले जित हासिल गर्ने पद्धति रहन्छ । अवे गोल नियम रहेको खण्डमा लाओसमा हुने खेल गोलरहित बराबरीमा सकिएमा लाओस विजेता भई अगाडि बढ्ने थियो ।
तर फिफाले यस पटकको विश्व कपका लागि छनोटमा यो नियम हटाएको छ । त्यसैले अर्को खेल गोलरहित सकिएपनि नेपाल बाहिरिने छैन । दोस्रो खेल जुनसुकै स्कोरलाइन भएर बराबरी भएपनि खेलमा ३० मिनेटको थप समय खेलाईने छ । थप समयमा पनि बराबरी भएमा खेलको निर्णय पेनाल्टी सुटआउटबाट हुनेछ ।
फिफाले जारी गरेको प्रतियोगिता नियमावलीको च्याप्टर ३ को ११ को ९ मा भनिएको छ ‘यदि दुबै खेलमा एउटा टोलीले अर्को टोलीले भन्दा बढी गोल नगरी समाप्त भएमा, दोस्रो लेगको अन्त्यमा १५ मिनेटको दुई हाफ थप समय खेलाइनेछ । त्यसमा पनि नतिजा नआए पेनाल्टी सुटआउट हुनेछ ।’
नेपालले अघिल्लो संस्करणको विश्वकप छनोटमा भने पहिलो चरण खेल्नु परेको थिएन । नेपाल सिधै दोस्रो चरणमा प्रवेश गरेको थियो । यसपटक भने एसियाली टोलीहरू मध्ये वरियताक्रमको अन्तिम २० मा परेको कारण नेपालले पहिलो चरण खेल्दै छ । पहिलो चरणको दोस्रो लेग असोज ३० गते लाओसमा हुनेछ । सो खेलका लागि नेपाली टोली आज त्यसतर्फ प्रस्थान गर्नेछ ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]