2 years ago
October 14, 2023
एजेन्सी – पोर्चुगल आगामी वर्ष हुने युइएफए युरो अर्थात युरोपेली च्याम्पियनसिपको लागि छनोट भएको छ।

शुक्रबार स्लोभाकिया माथि ३-२ को जित दर्ता गरेसँगै २०१६ युरो विजेता पोर्चुगल आगामी संस्करणका लागि छनोट भएको हो।
पोर्चुगलको जितमा क्रिस्टियानो रोनाल्डोले २ गोल गर्दा अर्को गोल भने गोनकालो रामोसले गरेका हुन्।
१८औं मिनेटमा रामोसले ब्रुनो फर्नान्डेजको क्रसमा सुन्दर हेडर मार्फत गोल गरेका हुन्। २९औं मिनेटमा पोर्चुगलले अग्रता दोब्बर बनायो। बक्स भित्र ह्यान्डबल भएपछि पाएको पेनाल्टीलाई रोनाल्डोले गोलमा परिणत गरे।
उता खेलको ६९औं मिनेटमा स्लोभाकियाका डेभिड हानकोले गोल गर्दै पोर्चुगलको अग्रता घटाएका थिए। तर त्यसको तीन मिनेट पछि नै रोनाल्डोले खेलको व्यक्तिगत दोस्रो गोल गर्दै दुई गोलको अग्रता कायम गरे। उनले फर्नान्डेजकै पासमा गोल गरेका थिए।

स्तनिस्लाभ लोबोटकाले खेलको ८०औं मिनेटमा स्लोभाकियका लागि अर्को गोल गरेर खेल रोमाञ्चक बनाएपनि पोर्चुगलले अन्तिममा जित हासिल गर्यो।
समूह जेमा रहेको पोर्चुगलको ७ खेलमा सात प्रतिशत नतिजा रहेको छ। स्लोभाकिया १३ अंक सहित दोस्रो स्थानमा छ। यस्तै लक्जेम्बर्ग ११ अंक सहित तेस्रो छ।
समूहको शीर्ष दुई टोली आगामी गर्दा हुने यूरोका लागि छनोट हुने छन्।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]