2 years ago
October 16, 2023
एजेन्सी – छनोटमा पराजय भोगेसंगै एर्लिङ हालान्ड र उनको टोली नर्वे फेरि पनि युरोपेली च्याम्पियनसिप (युरो) मा छनोट हुने सम्भावनालाई कमजोर भएको छ ।

नर्वे स्पेन सँग आइतबार १-० ले पराजित भएसँगै छनोट बाट युरो खेल्ने सपना टुटेको हो। स्पेनका लागि गाभिले खेलको ४९औं मिनेटमा गोल गरेका थिए। यो जित सँगै छनोटको समुह ए बाट स्पेन र स्कटल्याण्ड युरोका लागि छनोट भएका छन्।
स्पेन र स्कटल्याण्ड दुबै टोलीको समान १५ अंक छ। एक खेल बाँकी रहँदा नर्वेको भने १० अंक मात्र छ। शीर्ष दुई टोली मात्र छनोट हुने प्रक्रिया रहेको छ।
तर नर्वेको युरो कप खेल्ने सम्भावना पूर्स रुपमा समाप्त भइसकेको भने छैन। नर्वेले युइएफा नेसन्स लिग बाट छनोट हुन सक्छ।

नेसन्स लिग को समूह बि ४ मा रहेको नर्वेले दोस्रो स्थान हासिल गरेको थियो। पहिलो स्थान हासिल गरेको सर्बियाले प्लेअफमा आफ्नो स्थान बनाएको थियो।
तर यता छनोटमा सर्बिया समूहमा दोस्रो स्थान हासिल गरी सिधै छनोट हुने सम्भावना पनि छ। सर्बिया सोझै छनोट भए सो प्लेअफमा नर्वे उत्कृष्ट दोस्रो भएका कारण खेल्न पाउने छ।
करिब ५.५ मिलियन जनसङ्ख्या भएको नर्डिक देश नर्वेले सन् २००० मा नकआउट राउण्डअघि नै बाहिरिँदा एकपटक मात्रै युरोमा प्रतिस्पर्धा गरेको थियो। यसपटक पनि छनोट नहुने हो भने हालान्ड र आर्सनल कप्तान मार्टिन ओडेगार्ड जस्ता सम्भावना बोकेका खेलाडीहरु फेरि पनि ठूलो प्रतिस्पर्धा खेल्न बाट बञ्चित हुने छन्।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]