2 years ago
October 16, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक इटालियन भिन्सेन्जो अल्बर्टो एनेसेले नेपालले भोली लाओस विरुद्ध हुने खेलमा आफैमा ध्यान केन्द्रित गर्न आवश्यक रहेको बताएका छन् ।

फिफा विश्वकप छनोटको पहिलो चरणको दोस्रो लेगको अघिल्लो दिन सोमबार भएको पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन् । काठमाडौंमा असोज २५ गते भएको पहिलो लेग १–१ को बराबरीमा सकिएपछि लाओसमा भोली हुने खेलले यी दुई टोली मध्ये को अगाडि जाने भन्ने निश्चित गर्नेछ । घरेलु समर्थक सामु जित निकाल्न असफल रहे पनि नेपाल लाओसमा जित निकाल्दै अघि बढ्न चाहन्छ ।
‘हामीले निकै राम्रो तयारी गरेका छौं । हामीले आफैमा ध्यान केन्द्रित गर्न आवश्यक छ’, अनेसेले भने, ‘यदि हामीले अगाडि बढ्ने हो भने, ‘हामीले जित्नुपर्छ र यो गाह्रो हुनेछ तर हामी प्रतिस्पर्धाका लागि तयार छौं। यो खेल नेपाल र मेरो लागि पनि निकै महत्वपूर्ण छ ।’
एनेसेले पहिलो खेल लाओसले निकै धेरै समय खेर फालेको पनि बताए । उनका अनुसार रेफ्रीको निर्णय पनि नेपालको पक्षमा थिएन । “पहिलो खेलमा लाओसले धेरै समय खेर फालेको थियो । रेफ्रीको निर्णय पनि हाम्रो पक्षमा थिएन’, एनेसेले थपे, ‘ हामीले यो विषय म्याच कमिस्नरसँग पनि राखेका छौं ।’
उनले लाओसले डिफेन्सिभ फुटबल खेल्ने समेत जिकिर गरे र आफ्नो टोलीले आक्रामक फुटबल खेल्ने बताए । उनले भने,’ हामी आक्रामक आक्रामक फुटबल खेल्नेछौं । लाओसले प्रति आक्रमण गर्ने फुटबल खेल्छ, म तिनीहरूलाई सम्मान गर्छु, तर हामीले भोली सकारात्मक दृष्टिकोण राख्नुपर्छ ।’
नेपाल र लाओसबीचको दोस्रो लेग मंगलबार साँझ ५ः४५ बजे सुरु हुने छ । खेलको ९० मिनेट सम्ममा कुनै टोली विजयी भए स्वतः अगाडि बढ्ने छ । तर ९० मिनेट सम्म पनि नतिजा आउन नसकेको अवसथमा ३० मिनेट थप समय खेलाइनेछ । त्यसले पनि खेलको निर्णय हुन नसके खेल पेनाल्टी सुटआउटबाट निस्कनेछ ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]