2 years ago
October 17, 2023
काठमाडौं (हाम्रोखेलकुद) – नेपाल र लाओस बीचको फिफा विश्वकप छनोटको पहिलो चरणको दोस्रो लेग आज (मंगलबार ) हुँदैछ।

खेल नेपाली समय अनुसार साँझ ५:४५ बजे लाओसको राजधानी भ्येनट्यान स्थित लाओस राष्ट्रिय रंगशालामा सुरु हुने छ।
काठमाडौंमा गत बिहिबार भएको पहिलो खेल १-१ को बराबरीमा टुंगिएको थियो। दोस्रो हाफमा अन्जन विष्टको गोलमा नेपालको हार टरेको थियो। त्यसले गर्दा यो खेल पहिलो खेल भन्दा बढी महत्वपुर्ण रहनेछ।
आजको खेलमा जित हासिल गर्ने टोलीले छनोटको दोस्रो चरणमा प्रवेश गर्ने छ। दोस्रो चरण समूह चरण हुने भएकाले कमजोर टोलिहरुले बलियो टोलीको सामना गर्ने मौका पाउने गर्दछन्।
छनोटमा जति अगाडि बढ्न सक्यो, त्यति नै राष्ट्रिय फुटबलमा सुधारको सम्भावना रहन्छ । नेपालले पछिल्लो पटक विश्व कप छनोटको तेस्रो चरणसम्म खेलेको थियो ।
अस्ट्रेलिया, जोर्डन जस्तै बलियो प्रतिद्वन्दी हरु संग प्रतिस्पर्धा गरेको थियो । मंगलबार जित्न नसकेमा नेपाली फुटबल टोलीले बलियो प्रतिद्वन्दी संग प्रतिस्पर्धा गर्न चार वर्ष कुर्नु पर्ने हुन्छ।
मंगलबारको खेलमा पनि अन्जन गोल गर्न सफल भए भने उनी नेपाली पुरुष राष्ट्रिय फुटबल टोलीका लागि सर्वाधिक गोल गर्ने खेलाडी बन्नेछन्। हरि खड्का र निराजन रायमाझीको १३ गोलको कीर्तिमा सँग बराबरी गरेका थिए।
यसपाली अवे गोलको नियम नरहेको हुँदा नेपालले काठमाडौंमा खाएको गोलले खासै फरक भने नपर्ने भएको छ। खेलको ९० मिनेट सम्ममा कुनै टोलि विजयी भए स्वतः अगाडि बढ्ने छ ।
तर ९० मिनेट सम्म पनि नतिजा आउन नसके खेल ३० मिनेटको थप समयमा जाने छ । त्यसले पनि खेलको निर्णय हुन नसके खेलको नतिजा पेनाल्टी सुटआउटबाट निस्कनेछ ।
खेलको प्रत्यक्ष प्रसारण कान्तिपुर टिभीले गर्ने छ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]