2 years ago
October 17, 2023
एजेन्सी – युरोपेली च्याम्पियनसिप (युरो कप) छनोटमा सोमबार पोर्चुगलले फराकिलो अन्तरको जित दर्ता गरेको छ। पोर्चुगलले बोस्निया & हर्जेगोभिनालाई ५-० ले पराजित गरेको हो।

पोर्चुगलको जितमा क्रिस्टियानो रोनाल्डोको २ गोल गर्दा जोआओ क्यान्सेलो, जोआओ फेलिक्स र ब्रुनो फर्नान्डेजको समान १ गोल रह्यो। सबै गोल पहिलो हाफमा भएका थिए।
पोर्चुगलको खेलमा अग्रता पाचौं मिनेटमा आएको थियो। रोनाल्डोले पेनाल्टी मार्फत गोल गर्दै खेलमा अग्रता बनाएका थिए। रोनाल्डोले नै २०औं मिनेटमा अग्रता दोब्बर बनाए। फेलिक्सको पासमा उनले गरेको गोल सुरुमा अफसाइड दिइएको थियो। तर भिएआरले रेफ्रीको निर्णय उल्टाएपछि अन्तर बढ्यो ।
त्यसको ५ मिनेट पछि फर्नान्डेजले गोल थपे। उनले इनासियोको लामो पासलाई नियन्त्रणमा लिँदै गोल गरेका थिए। ३२औं मिनेटमा क्यान्सेलोले चौथो गोल गरे। उनले बक्सको छेउ बाट गरेको सटिक प्रहारले जाली चुमेको थियो।
फेलिक्सले ४१औं मिनेटमा पोर्चुगलको अग्रता ५ गोलको बनाए। उनले फर्नान्डेजको पासमा गोल गरेका थियो। उनको गोल रेफ्रीले सुरुमा अफसाइड दिएपनि पछि भिएआरको मद्दतमा निर्भणय परिवर्तन भएको थियो।

युरो कपमा छनोट भइसकेको पोर्चुगलको ८ खेलमा २४ अंक छ। समूहको दोस्रो स्थानमा रहेको स्लोभाकियाको समान ८ खेलमा १६ अंक छ। पराजित बोस्निया ९ अंक सहित पाँचौं स्थानमा छ।
सोही समूहमा आइसल्याण्डले लिकटेन्स्टाइन लाई ४-० ले पराजित गर्दा स्लोभाकियाले लक्जेम्वर्ग लाई १-० ले हराएको थियो।
यस्तै समूह बी का खेल हरुमा आयरल्यान्डले गिब्राल्टार माथि ४-० को जित निकाल्दा नेदरल्याण्ड्सले ग्रिस माथि १-० को जित निकालेको छ।
नेदरल्याण्ड्सको जितमा कप्तान भर्जिल भान डाइकले खेलको अन्त्यमा अतिरिक्त समयमा पेनाल्टी मार्फत गोल गर्दै जित निकालेका हुन्।
यस समूहमा फ्रान्सको ६ खेलमा १८ अंक रहेको छ भने दोस्रो स्थानमा रहेको नेदरल्याण्ड्सको ६ खेलमा १२ अंक छ। तेस्रो स्थानमा रहेको ग्रिसको पनि सात खेलमा समान १३ अंक छ।
समूहको शीर्ष दुई टोली अर्को वर्ष जर्मनीमा हुने युरो कपका लागि छनोट हुने छन्।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]