2 years ago
October 17, 2023
एजेन्सी – ब्रसेल्समा २ जनाको गोली हानी हत्या भएपछि बेल्जियम र स्वीडेनबीचको युरो कप २०२४ को छनोट खेल रद्द भएको छ ।

सोमबार रातीको छनोट अघि बेल्जियमको राजधानीको सडकमा घटना भएको थियो। मृतकहरूले स्वीडेन फुटबल टोलीको जर्सी लगाएका थिए । यद्दपी उनीहरू सोही खेल हेर्न जाँदै थिए वा थिएनन् भन्ने पुष्टि भएको छैन। खेल स्थगित भएपछि फुटबल फ्यानहरूलाई रंगशालामै बस्न भनिएको थियो ।
खेलको पहिलो हाफमा भिक्टर ग्योकेरेसले गोल गर्दै स्वीडेनलाई सुरुवाती अग्रता दिलाएका थिए भने रोमेलु लुकाकुले गोल गर्दै खेल १–१ को बराबरीमा पुर्याएका थिए । ३० मिनेटपछि खेल रद्द भएको घोषणा भएको थियो। स्वीडेनका खेलाडीहरूले आक्रमण पछि खेल जारी राख्न चाहेनन् र बेल्जियमको टोलीले यस निर्णयलाई समर्थन गरेको थियो।
बेल्जियम प्रहरीका अनुसार बन्दुकधारी घटनास्थलबाट फरार भएक थिए । प्रहरीले यस घटनालाई आतंकवादको रूपमा व्यवहार गरिरहेको समेत जानकारी दिएको छ।
बेल्जियमले अर्को वर्ष जर्मनीमा हुने युरो कपमा आफ्नो स्थान सुरक्षित गरिसकेको छ भने स्वीडेनको छनोट हुने सम्भावना छैन।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]