2 months ago
October 17, 2023
काठमाडौं (हाम्रो खेलकुद) – पहिलो लेगको टोलीमा तीन परिवर्तनसहित फिफा विश्वकप एसियाली छनोट अन्तर्गतको प्लेअफको दोस्रो लेगमा नेपालले लाओसविरुद्ध सुरुवाती-११ सार्वजनिक गरेको छ । डबल लेगको ढाँचामा खेलाइएको पहिलो चरणको दोस्रो खेल भ्यानट्यान स्थित राष्ट्रिय रंगशालामा नेपाली समयअनुसार ५:४५ बजे सुरु हुनेछ । गत बिहिबार सम्पन्न पहिलो लेगको खेल दशरथ रंगशालामा १-१ को बराबरीमा सकिएको […]
काठमाडौं (हाम्रो खेलकुद) – पहिलो लेगको टोलीमा तीन परिवर्तनसहित फिफा विश्वकप एसियाली छनोट अन्तर्गतको प्लेअफको दोस्रो लेगमा नेपालले लाओसविरुद्ध सुरुवाती-११ सार्वजनिक गरेको छ ।
डबल लेगको ढाँचामा खेलाइएको पहिलो चरणको दोस्रो खेल भ्यानट्यान स्थित राष्ट्रिय रंगशालामा नेपाली समयअनुसार ५:४५ बजे सुरु हुनेछ । गत बिहिबार सम्पन्न पहिलो लेगको खेल दशरथ रंगशालामा १-१ को बराबरीमा सकिएको थियो ।
नेपालका इटालियन मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो अनेसेले तीन परिवर्तन सहित टोली सार्वजनिक गरेका हुन् । दिनेश हेन्जनले आयुष घलानको ठाउँमा पहिलो पटक सुरुवाती ११ मा रहेर खेल्नेछन् । यस्तै मछिन्द्र फूटबल क्लबका उत्सव राईले पनि सुरुवाती ११ मा आवास लामिछानेको स्थान लिएका छन् ।
एरिक विष्टले पनि आशिष चौधरीको ठाउँमा सुरुवाती ११ मा पुनरागमन गरेका छन् । आज टोलीमा आएका तीनै जना पछिल्लो खेलमा मध्यान्तरमा मैदान प्रवेश गरेका थिए । त्यस खेलमा नेपालको पुनरागमनमा यी खेलाडीले राम्रो प्रदर्शन गरेका थिए ।
पहिलो पटक राष्ट्रिय टोलीमा परेका हिमालयन शेर्पा क्लबका डिफेन्डर अमृत श्रेष्ठ र न्यु रोड टिमका फरवार्ड सन्जीव विष्ट भने बेन्चमा रहेर डेब्युको अपेक्षामा रहनेछन् ।
यो खेल क्यानाडा, अमेरिका र मेक्सिकोमा २०२६ मा हुने विश्वकपको सुरुवाती चरणको छनोट खेल हो । फिफा वरियतामा एसियामा २७ देखि ४६ सम्म परेका २० टोलीले पहिलो चरणको छनोट दुई लेगमा होम-एण्ड-अवे खेल्ने ढाँचा रहेको छ ।
नेपालको पहिलो चरणको पहिलो खेल गत बिहिबार १-१ गोलमा सकिएको थियो । आजको खेलको ९० मिनेट सम्ममा कुनै टोली विजयी भए स्वतः दोस्रो चरणमा अघि बढ्नेछ । तर ९० मिनेट सम्म पनि नतिजा आउन नसके खेल ३० मिनेटको थप समयमा जाने छ । त्यसले पनि खेलको निर्णय हुन नसके खेलको नतिजा पेनाल्टी सुटआउटबाट निस्कनेछ ।
यस खेलको विजेता दोस्रो चरणको समूह एचमा आफ्नो स्थान बनाउने छ । समूह एचमा युएइ, बहराइन सहित पहिलो चरणको यमन र श्रीलंका बिचको पहिलो चरणको विजेता रहनेछन् ।
नेपालको सुरुवाती ११: किरण चेम्जोङ्ग (कप्तान), सनिश श्रेष्ठ, अनन्त तामाङ्ग, रोहित चन्द, एरिक विष्ट, लाकेन लिम्बु, उत्सब राई , मनिष डाँगी, दिनेश हेन्जन, जिलेस्पी जंग कार्की, अन्जन विष्ट
December 9, 2023
काठमाडौं (हाम्रो खेलकुद) – साविक विजेता काठमाडौं रेजर्स फुटबल क्लबलाई सिजनको पहिलो हार चखाउँदै बुटवल लुम्बिनी फुटबल क्लब नेपाल सुपर लिग २ को तेस्रो स्थानमा उक्लिएको छ । दशरथ रंगशालामा शनिबार साँझ काठमाडौंलाई २-१ ले पराजित गर्दै बुटवलले सिजनको दोस्रो जित दर्ता गरेको हो । पहिलो खेलमा जित हासिल गरेपछि लगातार बराबरी खेलेको काठमाडौंले चौथो […]
December 9, 2023
दिपक बोहरा, पाँचथरडाँगीहाट फुटबल क्लब मोरङले बिर्तामोड युनाइटेड झापालाई पराजित गर्दै प्रथम किराँत गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । फिदिम माविको मैदानमा शनिबार भएको फाइनलमा डाँगीहाट २-१ ले विजयी भयो । उपाधिसँगै डाँगीहाटले ४ लाख ४ हजार ४ सय ४४ रुपैयाँ र बिर्तामोडले भने २ लाख २ हाजर २ सय २२ रुपैयाँ प्राप्त गर्यो। […]
December 9, 2023
काठमाडौं (हाम्रो खेलकुद) – क्यामरुनी फरवार्ड स्टेफन बिनोङको गोलमा बुटवल युनाइटेड फुटबल क्लबले नेपाल सुपर लिग २ मा काठमाडौं रेजर्स एफसीविरुद्ध अग्रता लिएको छ । साविक विजेता काठमाडौंविरुद्ध बुटवलले उत्कृष्ट प्रदर्शन गरेको छ । जिलेस्पी जंग कार्कीले सुरुवाती समयमा काठमाडौंका कप्तान कुलदीप कार्कीलाई बायाँ विंगमा निकै समस्या दिए । काठमाडौंले खेलको माहोल विपरित बढेको आक्रमणमा […]