default_image

2 years ago

October 17, 2023

कम्बोडियालाई स्तब्ध पार्दै पाकिस्तान दोस्रो चरणमा

3059 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – फिफा वरीयतामा माथि रहेको कम्बोडियालाई पराजित गर्दै पाकिस्तान पहिलो पटक फिफा विश्वकप छनोटको दोस्रो चरणमा प्रवेश गरेको छ ।

पाकिस्तानको राजधानी इस्लामाबादको जिन्नाह स्टेडियममा आज सम्पन्न दोस्रो लेगको खेलमा कम्बोडियालाई १–० ले हराउँदै पाकिस्तान दोस्रो चरणको छनोटमा प्रवेश गरेको हो । त्यसअघि कम्बोडियामा भएको पहिलो लेग ०-० मा सकिएको थियो । वरीयता अनुसार कम्बोडिया १७६ र पाकिस्तान २०१ स्थानमा छन् ।

पाकिस्तानमा आठ वर्षपछि प्रतिस्पर्धात्मक अन्तर्राष्ट्रिय खेल आयोजना भएको थियो । पाकिस्तानको राष्ट्रिय फुटबल टोलीले विश्वकप छनोट पार गर्न नसकेको इतिहास आज भने बदलिएको छ । टोली पहिलो पटक अर्को चरणमा प्रवेश गर्न सफल भएको हो । यसअघि प्रतिबन्धका कारण पनि पाकिस्तानले सहभागिता जनाउन पाएको थिएन ।

पाकिस्तानले छनोटको ३२ खेलमा तीन खेलमा बराबरी गर्दै जित निकाल्न सकेको थिएन । सो ३२ खेलमा पाकिस्तानले १० गोल गर्दा र १२४ गोल खाँदा जित हासिल गर्न भने सकेको थिएन ।

पाकिस्तानले छनोटअघि नेपाल र भारतका पूर्व मुख्य प्रशिक्षक स्टेफन कन्स्टेन्टाइनलाई नियुक्त गरेको थियो । कन्स्टेन्टाइनले दुइ खेलको अवधि मै पाकिस्तानलाई छनोटको दोस्रो चरणमा पुर्याउन सफल भएका छन् ।

यस वर्षको सुरुमा फिफाको प्रतिबन्ध हटेपछि अन्तर्राष्ट्रिय फुटबलमा फर्कंदा पाकिस्तानले डायस्पोरा खेलाडीहरूलाई आफ्नो टोलीमा समावेश गरेको थियो । पाकिस्तान यस वर्षको सुरुमा साफ च्याम्पियनसिपमा समूह चरणका तीनवटै खेलमा हार बेहोरेको थियो । गत वर्ष नेपालमै आएर अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमार्फत पाकिस्तानले अन्तर्राष्ट्रिय फुटबलमा पुनरागमन गरेको थियो ।

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.