2 years ago
October 17, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीले फिफा विश्वकप २०२६ छनोटको पहिलो चरणमा लाओसलाई पराजित गर्दै दोस्रो चरणमा स्थान पक्का गरेको छ ।

निकै प्रतिस्पर्धात्मक खेलमा लाओसमाथि समग्रमा २-१ को जित निकाल्दै नेपाल अघि बढेको हो । दशरथ रंगशालामा बिहीबार पहिलो लेग १-१ को बराबरीमा सकिएपछि आज भ्यानट्यानमा भएको दोस्रो लेगमा नेपाल १-० ले विजयी हुँदै छनोट यात्रा अघि बढाउन सफल भयो ।
नेपालले अब छनोटको दोस्रो चरणमा समूह एच अन्तर्गत मध्यपूर्वका तीन राष्ट्रसँग खेल्नेछ । नेपालले संयुक्त अरब इमिरेट्स (यूएई), यमन र बहराइनसँग घरेलु र अवे मैदानमा २-२ खेल खेल्नेछ । जस अन्तर्गत नेपालले दशरथ रंगशालामा यी तीनै टोलीसँग खेल्नेछ ।
दोस्रो चरणमा एसियाका शीर्ष २६ टोलीसँगै पहिलो चरण पार गरेका १० राष्ट्र गरि कुल ३६ राष्ट्रलाई ९ समूहमा विभाजन गरिएको हो । हरेक समूहको शीर्ष २ मा रहने टिमहरु सन् २०२४ मा हुने एएफसी एसियन कपमा छनोट हुँदै विश्वकप छनोटको तेस्रो चरणमा प्रवेश गर्नेछन् ।
विश्वकप छनोटको तेस्रो चरणबाट ६ टोलीलाई सिधै विश्वकपमा स्थान दिइनेछ भने त्यसपछिका राम्रा ६ टोली चौथो चरणमा प्रवेश गर्नेछन् ।
दोस्रो चरणको समूहमा पुछारमा रहने दुई टोलीको भने विश्वकप छनोटको यात्रा बन्द हुनेछ र एसियन कप छनोटको तेस्रो चरणमा प्रतिस्पर्धा गर्नेछन् । एसियन कप छनोटको तेस्रो चरणमा स्थान बनाउन भने पहिलो चरणमा पराजित टोलीहरुबीच अर्को प्लेअफ प्रतिस्पर्धा हुनेछ ।
नेपालले अब दोस्रो चरणको छनोटमा १६ नोभेम्बर (कार्तिक ३० गते) यूएईमा गएर खेल्नेछ । त्यसपछि २१ नोभेम्बर (मङ्सिर ५ गते) नेपाल र यमनले दशरथ रंगशालामा खेल्नेछन् ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]