2 years ago
October 17, 2023
काठमाडौं (हाम्रो खेलकुद) – हिमालयन शेर्पा फुटबल क्लबका डिफेन्डर अमृत श्रेष्ठले नेपाली राष्ट्रिय फुटबल टोलीबाट डेब्यु गरेका छन् ।

२६ वर्षीय सेन्टर डिफेन्डर अमृतले लाओसविरुद्ध फिफा विश्वकप २०२२ को छनोट अन्तर्गत पहिलो चरणको दोस्रो लेगमा डेब्युको अवसर पाएका हुन् । उनले खेलको अन्त्यतिर फरवार्ड जिलेस्पी जंग कार्कीको स्थान लिँदै सिनियर टोलीबाट पहिलो खेल खेले ।
अग्ला कदका अमृतलाई प्रशिक्षक अनेसेले सेट पिसमा खतरा टार्न र अग्रपंक्तिमा रहेर विपक्षी डिफेन्सलाई समस्या दिने रणनीतिका साथ मैदान उतारेका थिए । खेलको इन्ज्युरी समयमा किरण चेम्जोङले गरेको सानदार बचाउपछि अमृतले नै ६ यार्ड बक्स भित्रबाट बल क्लियर गर्दै बराबरी गोलको खतरा टारेका थिए ।
चितवन निवासी अमृतले हिमालयन शेर्पा क्लबबाट ए डिभिजन लिग खेल्दै आएका छन् । उनी नेपाल सुपर लिग (एनएसएल) को पहिलो सिजनमा उपाधि विजेता काठमाडौं रेजर्सबाट खेलेका थिए ।
गत सिजन ए डिभिजन लिगमा २१ खेल खेलेका उनले २ गोल समेत गरेका थिए । २०७८ सालको ए डिभिजनबाट चर्चामा आएका उनले लिगको प्रदर्शनबाट प्रशिक्षक अनेसेलाई प्रभावित पार्दै यसपटक विश्वकप छनोटमा बन्द प्रशिक्षणमा स्थान बनाएका थिए ।
एनएसएलको दोस्रो सिजनका लागि उनलाई एफसी चितवनले अक्सनमार्फत १ लाख ५० हजारमा अनुबन्धित गरिसकेको छ ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]