default_image

2 years ago

October 18, 2023

२२ वर्षपछि ब्राजिलमाथि उरुग्वेको जित

4111 views

0 Bookmark

एजेन्सी – उरुग्वेले २२ वर्षपछि पाँच पल्टको विश्व च्याम्पियन ब्राजिललाई पराजित गरेको छ । फिफा विश्वकप २०२६ अन्तरगत दक्षिण अमेरिकी छनोटमा ब्राजिललाई २–० ले पराजित गर्दै उरुग्वेले २२ वर्षपछि जित निकालेको हो ।

घरेलु टोली उरुग्वेको जितमा डार्विन न्युनेज र निकोलस डि ला क्रुजले गोल गरे । पहिलो र दोस्रो हाफमा उरुग्वेले समान एक गोल गर्दै जित पक्का गर्यो ।

मोन्टेभिडियोमा बुधबार बिहान भएको खेलमा ब्राजिलले घरेलु टोलीलाई दवावमा राखेपनि गोल खान पुग्यो । ४२औं मिनेटमा न्युनेजले गोल गर्दै उरुग्वेलाई १–० को अग्रता दिलाए । उनले म्याक्सिमिलियानो एराउजोको पासमा गोल गर्न सफल भएका थिए ।

पहिलो हाफकै अन्त्यतिर स्टार फरवार्ड नेयमार चोटका कारण बाहिरिनु परेपछि ब्राजिल थप समस्यामा पर्यो । उनलाई स्टेचरबाटै मैदानबाट बाहिर लैजानुपरेको थियो । ७७औं मिनेटमा निकोलसले गोल गर्दै उरुग्वेले ब्राजिललाई २–० को हार चखाए । निकोलसले पहिलो गोल गरेका न्युनेजको पासमा गोल गर्न सफल भएका थिए ।

यसअघि उरुग्वेले सन् २००१ जुलाईमा भएको दक्षिण अमेरिकी विश्वकप छनोटमै ब्राजिललाई १–० ले पराजित गरेको थियो । त्यसयता उरुग्वेले १२ खेलमा जित निकाल्न सकेको थिएन । जसमा ३ बराबरी र ९ हारको नतिजा थियो ।

विश्वकप छनोटमा ब्राजिलले सन् २०१५ पछि पहिलो हार बेहोरेको हो । यस्तै उरुग्वेसँगको हारसँगै ब्राजिलले विश्वकप छनोटमा पहिलोपटक लगातार दुई खेलमा अंक गुमाएको छ ।

यस हारसँगै ब्राजिल ४ खेलबाट ७ अंक जोडेर तेस्रो स्थानमा झरेको छ । ब्राजिललाई हराएको उरुग्वेको समान ४ खेलबाटै ७ अंक रहेपनि हेड टु हेडमा दोस्रो स्थानमा उक्लिएको छ ।

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.