2 years ago
October 18, 2023
एजेन्सी – इंग्ल्यान्ड अर्को वर्ष हुने युरो २०२४ का लागि छनोट भएको छ । इटालीलाई मंगलबार ३–१ ले हराएसँगै इंग्ल्यान्डको युरो यात्रा पक्का भएको हो ।

युरोमा छनोट हुनका लागि इंग्ल्यान्डलाई १ अंककाो आवश्यता थियो । खेलमा पछि परेको अवस्थालाई उल्टाउँदै इंग्ल्याान्डले जित निकालेको थियो ।
वेस्ट ह्यामका युनाइटेड जियानलुकाा स्कामाकाको गोलबाट १५ औं मिनेटमा इटालीले अग्रता लिएको थियो । तर इंग्ल्यान्डले खेलमा पुनरागमन गर्दै नतिजा आफ्नो पक्षमा पार्यो । कप्तान ह्यारी केनले २ र मार्कुस रासफोर्डलले गोल गर्दै इंग्ल्यान्डको जित पक्का गरे ।
रियल म्याड्रिडका स्टार बेलिंघमले पेनाल्टी जितका थिए । ३२ औं मिनेटमा कप्तान केनले गोल गर्दै खेललाई बराबरीमा पुर्याए । ५७ औं मिनेटमा बेलिंघमकै पासमा रासफोर्डले गोल गर्दै टोलीलाई अग्रता दिलाए ।

खेल सकिन १३ मिनेट बाँकी रहँदा केनले अर्को गोल थपेपछि इटालीको खेलमा फर्कने सम्भावना समाप्त भएको थियो । केनको इंग्ल्यान्डका लागि त्यो ६१ औं गोल थियो । इंग्ल्यान्डले घरेलु मैदानमा इटालीलाई सन् १९७७ पछि पहिलो पटक हराएको हो ।
समूह ‘सी’मा १६ अंकका साथ इंग्ल्यान्डको १६ अंक छ । सो समूहको अर्को खेलमा माल्टालाई ३–१ ले हराउँदै युक्रेन समूहको दोस्रो स्थानमा उक्लेको छ । युक्रेटको १३ अंक छ भने १० अंकसहित इटाली तेस्रो स्थानमा छ ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]