2 years ago
October 18, 2023
एजेन्सी – लामो समय पछि सुरुवाती ११ मा रहेर खेलेका लियोनेल मेस्सीको २ गोलको मद्दतले अर्जेन्टिनाले फिफा विश्वकप दक्षिण अमेरिकी छनोट अन्तर्गतको खेलमा पेरुलाई २–० पराजित गरेको छ ।

पेरुको राजधानी लिमा स्थित राष्ट्रिय रंगशालामा बुधबार भएको खेलमा जित निकाल्दै अर्जेन्टिनाले १३ खेलमा अपराजित यात्रा कायम गरेको हो । ३२औं मिनेटमा मेस्सीले खेलमा पहिलो गोल गरे । निकोलस गोन्जालेजको बक्सको बायाँबाट आएको पासलाई बक्सको छेउबाट प्रहार गर्दै अग्रता दिलाएका थिए ।
४२औं मिनेटमा एन्जो फर्नान्डेजको पासमा जुलियन अल्भारेजले बललाई छोडिदिएपछि मेस्सीको खुट्टामा बल आइपुगेको थियो। उनले बल नियन्त्रण नगरी पहिलो पटक मै प्रहार गर्दा बलले जाली चुमेको थियो । ५७औं मिनेटमा मेस्सीले बललाई पुनः जालीमा हालेको थिए। तर गोललाई रेफ्रीले भिडियो असिस्टेन्ट रेफ्रीको सहायताले गोल दिएनन् ।
छनोटका खेलहरुमा आज बिहान भेनेजुएलाले चिलीलाई ३–० ले हराउँदा पाराग्वेले बोलिभियालाई १–० ले हराएको हो। यस्तै इक्वेडर र कोलम्बियाले गोलरहित बराबरी खेले । उता उरुग्वेले भने ब्राजिल माथि २–० को जित निकालेको छ। ब्राजिलको यो उरुग्वे विरुद्ध २२ वर्ष पछिको जित समेत हो ।
जितपछि अर्जेन्टिना कन्मेबोल छनोटको शीर्ष स्थानमा छ। अर्जेन्टिनाले छनोटको चार खेल नै जित्दै १२ अंक सहित शीर्ष स्थानमा छ। दोस्रो स्थानमा रहेको उरुग्वेको सात अंक छ । तेस्रो र चाथो स्थानमा रहेका ब्राजिल र भेनेजुएलाको पनि ७/७ अंक रहेको छ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]