default_image

2 years ago

October 18, 2023

फ्रान्सको जित, जर्मनीको बराबरी

181 views

0 Bookmark

एजेन्सी – मैत्रीपूर्ण खेलमा फ्रान्सले जित दर्ता गर्दा जर्मनी भने बराबरीमा रोकिएको छ।

फ्रान्सले गएराति स्कटल्याण्डलाई ४-१ ले हराएको हो। खेलमा अग्रता भने स्कटल्याण्डले लिएको थियो। खेलको ११औं मिनेटमा बिल्ली गिलमोरले सुरुवाती गोल गरेका थिए।

तर त्यसपछि खेलमा फ्रान्स हाबी भयो। पहिलो २ गोल डिफेन्डर बेन्जामिन पाभार्डले गरेका थिए।१६औं मिनेटमा एनटोवान ग्रिजम्यान को क्रसमा हेडर गोल गर्दै खेल बराबरीमा ल्याएका थिए।

२५औं मिनेटमा किलियन एमबाप्पेको पासमा व्यक्तिगत दोस्रो गोल गर्दै पाभार्डले फ्रान्सलाई अग्रता दिलाए।

तेस्रो गोल एमवाप्पेले पेनाल्टी मार्फत ४१औं मिनेटमा गरे। ओलिभिएर जिरुडलाई विपक्षी खेलाडी बक्समा लडाएपछि फ्रान्सले पेनाल्टी पाएको थियो।

६८औं मिनेटमा किंग्सली कोमनले चौथो गोल गरे। ग्रिजम्यानको प्रहार पोस्टमा लागेर फर्किएपछि उनको उनले रिबाउन्डमा गोल गरेका थिए।

यस्तै मेक्सिकोमा भएको खेलमा घरेलु टोलीसँग जर्मनीले २-२ को बराबरी खेलेको हो।

एन्टोनी रुडिगरले २५औं मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए। तर त्यसको १२ मिनेट पछि मेक्सिकोका एरिएल अनटुनाले गोल गर्दै खेल बराबरीमा ल्याए।

त्यस्तै दोस्रो हाफको सुरुवातमा नै एरिक सान्चेजले गोल गर्दै मेक्सिकोलाई अग्रता दिलाएका थिए। तर त्यसको चार मिनेट पछि नै निकोलास फुलक्रुगले गोल गर्दै जर्मनीलाई खेलमा फर्काए। त्यसपछि खेलमा गोल हुन नसक्दा खेल बराबरीमा सकिएको हो।

जर्मनी अर्को वर्ष हुने युरोपेली च्याम्पियनसिप (युरो कप) को आयोजक हो। त्यसका कारण जर्मनीले छनोटका खेल खेलिरहेको छैन।

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.