default_image

2 years ago

October 18, 2023

फुटबल टोली आज स्वदेश फर्कदै

471 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- लाओसको सफल भ्रमण सकेर नेपाली पुरुष राष्ट्रिय फुटबल टोली आज (बुधबार) काठमाडौं फर्कदैछ ।

टोली नेपाल एयरलाइन्सबाट साँझ ८ः२५ बजे त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल आइपुग्ने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ ।

नेपालले लाओसमा जित हात पार्दै फिफा विश्वकप २०२६ छनोटको दोस्रो चरणमा प्रवेश गरेको छ । नेपालले घरेलु टोली लाओसलाई मंगलबार १–० ले पराजित गर्दै विश्वकप छनोट यात्रालाई एक कदम अघि बढाएको छ ।

दोस्रो हाफको सुरुमै मनिष डाँगीको गोल नेपालका लागि निर्णायक बन्यो । गत साता काठमाडौंमा भएको पहिलो लेग १–१ को बराबरीमा सकिएको थियो ।

नेपालले अब दोस्रो चरणको छनोटको समूह ‘एच’ मा युएई, बहराइन र यमनसँग प्रतिस्पर्धा गर्नेछ । दोस्रो चरणको छनोट नोभेम्बरमा सुरु हुनेछ।

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.