default_image

2 years ago

October 19, 2023

राष्ट्रिय फुटबल टोली आइपुग्यो

437 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- लाओसको सफल भ्रमण सकेर नेपाली राष्ट्रिय पुरुष फुटबल टोली बुधबार राति स्वदेश आइपुगेको छ।

त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा टोलीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) अध्यक्ष पंकज विक्रम नेम्वाङ लगायतले स्वागत गरेका थिए।

नेपालले लाओसमा जित हात पार्दै फिफा विश्वकप २०२६ छनोटको दोस्रो चरणमा प्रवेश गरेको थियो । नेपालले घरेलु टोली लाओसलाई मंगलबार १–० ले पराजित गर्दै विश्वकप छनोट यात्रालाई एक कदम अघि बढाएको हो ।

दोस्रो हाफको सुरुमै मनिष डाँगीको गोल नेपालको अघिल्लो चरणको यात्राका लागि निर्णायक बन्यो । गत साता काठमाडौंमा भएको पहिलो लेग १–१ को बराबरीमा सकिएको थियो ।

नेपालले अब दोस्रो चरणको छनोटको समूह ‘एच’ मा युएई, बहराइन र यमनसँग प्रतिस्पर्धा गर्नेछ । दोस्रो चरणको छनोट नोभेम्बरमा सुरु हुनेछ।

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.