default_image

10 years ago

September 22, 2015

यु१६ नेपाली फुटबल टोलीलाई विमानस्थलमा विशाल स्वागत

184 views

0 Bookmark

किर्गिस्तानमा आयोजित ए.एफ्.सी यु१६ च्याम्पिएनसिपको छनोट चरणमा उत्कृष्ट प्रदर्शन गरेको नेपाली टोलीलाई विमानस्थलमा भव्यस्वागत गरिएको छ|

u-16 welcome

बिहान ६:२५ बजे टर्किस एअरलाइन्समा नेपाल अवतरण गरेलगत्तै विमानस्थलमा स्वागतका लागि सर्वासधरंको प्रवेश बढेको थियो|

स्वागतका लागि विमानस्थलमा सयौं सर्वसाधारणको उपस्थिति थियो| राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव स्वागत गर्न सवेरै विमानस्थल आइपुगेका थिए| एन्फा अध्यक्ष गणेश थापाले टिका र माला लगाएर टोलीलाई स्वागत गरेका थिए| एन्फाका केन्द्रिय पदाधिकारी, जिल्ला संघका पदाधिकारी लगायत पत्रकारको पनि बाक्लै उपस्थिति रहेको थियो|

पहिलो खेलमा जोर्डनलाई २-१ले हराएको नेपालले दोश्रो खेलमा आयोजक राष्ट्र किर्गिस्तानलाई ४-२ले हराएको थियो| समुहको अन्तिम खेलमा ओमानसंग ३-१को हार व्यहोरेपनि समुह उपविजेता बनेको नेपाल अन्तिम चरणमा पुगेको हो|

प्रतियोगिताको नियमानुसार उत्कृष्ट चार उपविजेता भारतमा हुने अन्तिम चरणको प्रतियोगितामा भाग लिन पाउने छन्| अन्तिम चरण आगामी सेप्तेम्बेर २०१६मा आयोजना गरिने ए.एफ.सीले जानकारी दिएको छ|

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.