2 years ago
October 21, 2023
एजेन्सी – मोहम्मद सालाहको २ गोलको मद्दतले इंग्लिस प्रिमियर लिगमा लिभरपुलले जित हासिल गरेको छ।

घरेलु मैदान एनफिल्डमा शनिबार भएको खेलमा लिभरपुलले बहुचर्चित मर्सीसाईड डर्बीमा १० जनामा सिमित एभर्टनलाई २-० ले पराजित गरेको हो।
एस्ली योङ्ग ३४औं मिनेटमा दोहोरो पहेँलो कार्ड खाँदै मैदान बाहिरिएपछि एभर्टन १० जनामा सिमित भएको थियो। लुईस डियाज माथिको ट्याकल पछि उनले दोस्रो पहेँलो कार्ड प्राप्त गरेका थिए।
लिभरपुलसँग मैदानमा एक जना खेलाडीको अग्रता भएपछि पहिलो हाफको अन्त्यमा अवसरहरू सृजना गरेपनि गोल गर्न सकेन। यस्तै दोस्रो हाफको सुरुवाती समयमा पनि लिभरपुलले निकै मेहेनत गर्नु परेको थियो ।
खेलको ७५औं मिनेटमा पुगेपछि मात्र लिभरपुलले खेलमा अग्रता लियो। बक्स भित्र माइकल किनले हातले बल छोएपछि लिभरपुलले पेनाल्टी पाएको थियो। पेनाल्टीमा सहजै गोल गर्दै सालाहले खेलमा अग्रता दिलाएका थिए।
दोस्रो गोल भने खेलको अन्तिममा थपिएको सातौं मिनेटमा आएको थियो। काउन्टर अट्याकमा डार्विन नुनेजको पासमा सालाहले खेलमा व्यक्तिगत दोस्रो गोल गर्दै जित सुनिश्चित गरेका थिए
जित पछि लिभरपुल ९ खेलमा ६ जित, २ बराबरी र १ हार सहित २० अंक बटुल्दै तालिकाको शीर्ष स्थानमा उक्लिएको छ। पराजित एभर्टन भने समान ९ खेलमा २ जित, १ बराबरी र ६ हार सहित सात अंक बटुल्दै १६औं स्थानमा छ।
इङ्लिस प्रिमियर लिग अन्तर्गत आज साँझ ७:४५ बजे थप पाँच खेल हुँदै छन्। म्यानचेस्टर सिटीले ब्राइटनको सामना गर्नेछ भने बोर्नेमाउथले वुल्भ्सलाई स्वागत गर्नेछ। यस्तै ब्रेन्टफोर्डले बर्नलीको विरुद्ध खेल्दा न्यूक्यासल युनाइटेडले क्रिस्टल प्यालेसको सामना गर्नेछ भने नटिङ्घम फरेस्टले लुटन टाउनलाई आफ्नो मैदानमा स्वागत गर्नेछ।
यस्तै आज राति १०:१५ बजे चेल्सी र आर्सनल आमने-सामने हुँदा राति १२:१५ बजे म्यानचेस्टर युनाइटेडले सेफिल्ड युनाईटेडको सामना गर्ने छ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]