2 years ago
October 21, 2023
एजेन्सी – म्यानचेस्टर युनाइटेड र इंग्ल्याण्डका पूर्व खेलाडी सर बबी चार्लटनको ८६ वर्षको उमेरमा निधन भएको छ। चार्लटनको निधनको खबर उनको परिवारले एक विज्ञप्ती निकाली उनको निधनको जानकारी दिएको हो।

‘अत्यन्तै दु:खका साथ हामी यो खबर सार्वजनिक गर्दछौं कि सर बबी शनिबार बिहानको समयमा शान्तिपूर्वक बित्नु भयो,’ विज्ञप्तीमा भनिएको छ,’ उहाँ आफ्नो परिवारले वरिपरि हुनुहुन्थ्यो। उहाँको हेरचाहमा योगदान गर्ने, माया गर्ने र समर्थन गर्ने सबैमा परिवार धन्यवाद दिन चाहन्छ। हामी यस समयमा परिवारको गोपनीयतालाई सम्मान गर्न अनुरोध गर्दछौं।’
चार्लटनलाई युनाइटेडको अहिलेसम्मकै उत्कृष्ट खेलाडीमध्ये एक मानिन्छ। उनले सन् १९५६ र १९७३को बीचमा ७ सय ५८ खेलमा २ सय ४९ गोल गरेका थिए। ४५ वर्ष सम्म युनाइटेडका सर्वाधिक गोलकर्ता रहेका उनको यो रेकर्ड २०१७ मा वेन रुनिले तोडेका थिए।
उनले युनाइटेडका लागि १९६८ मा युरोपियन कप समेत जितेका थिए। त्यो युनाइटेडको तीन मध्यको पहिलो युरोपियन कप उपाधि समेत थियो। त्यसका साथै उनले तीन पटक पहिलो श्रेणीको लिग उपाधि समेत जितेका थिए। क्यारियर सकिएपश्चात उनले युनाइटेडमा निर्देशकको रूपमा समेत समय बिताएका छन्।
इंग्ल्याण्डले इतिहासको एकमात्र विश्वकप उपाधि जित्दा १९६६ मा उनले टिमको सदस्य समेत थिए। सोही वर्ष उनले विश्वको सर्वश्रेष्ठ खेलाडी अर्थात ‘बलोन डी ओर’ उपाधि समेत जितेका थिए।
इंग्ल्याण्डका लागि उनले १ सय ६ खेलमा ४९ गोल गरेका थिए । त्यो २०१५ सम्म सर्वाधिक थियो। उनको यो कीर्तिमान समेत रुनिले २०१५मा तोडेका थिए। त्यसपश्चात रुनिलाई ह्यारी केनले पछि पारिसकेका छन्।
१९६०को दशकमा म्याट बस्बिको उत्कृष्ट टोलीको सदस्य समेत रहेका उनी १९५८मा म्युनिख प्लेन दुर्घटनामा परी आठ म्यानचेस्टर युनाइटेड खेलाडीको निधन हुँदा उनी सकुशल रहेका थिए।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]