default_image

2 years ago

October 22, 2023

चेल्सी र आर्सनलको रोमाञ्चक बराबरी

534 views

0 Bookmark

एजेन्सी – इङ्लिस प्रिमियर लिग अन्तर्गत गएराति सम्पन्न लन्डन डर्बीमा चेल्सी र आर्सनलले रोमाञ्चक बराबरी खेलेका छन्।

रोमाञ्चक खेलमा दुई गोलको अग्रता बचाउन नसक्दा चेल्सीको आफ्नो घरेलु मैदानमा २–२ को बराबरी खेलेको हो। चेल्सीका लागि कोल पालमर र मुखाएलो मुड्रीकले गोल गर्दा आर्सनलका लागि डेकलन राइस र लियान्ड्रो ट्रोसार्डले समान एक गोल गरे।

चेल्सीको खेलको १५औं मिनेटमा पेनाल्टी मार्फत अग्रता लिएको थियो। आर्सनलका डिफेन्डर विलियम सालिबाको हातमा बलले लागेपछि चेल्सीको पेनाल्टी पाएको थियो। सो पेनाल्टीमा गोल गर्दै पालमरले चेल्सीलाई अग्रता दिएका थिए।

खेलको ४८औं मिनेटमा चेल्सीको अग्रता दोब्बर भयो। मुड्रीकले बक्सको बायाँ तर्फ बाट क्रस गर्न खोजेको बल सोझै गोलमा परिणत भएको थियो। आर्सनल गोलरक्षक डेभिड रायाको पोजिसनिङ्ग गल्तिका कारण आर्सनलले गोल खान पुगेको थियो।

तर आर्सनलले खेलमा पहिलो गोल पनि चेल्सीका गोलरक्षक रोबर्ट सान्चेजको गल्तिका कारण फर्काएको थियो। ७७औं सान्चेजले आफ्नो डिफेन्डरलाई दिन खोजेको पास सिधै राइसको खुट्टामा परेको थियो। राइसले बक्स बाहिर बाट सो बललाई सटिक प्रहार गर्दै एक गोल फर्काए।

त्यसको सात मिनेट पछि बुकायो साकाको सुन्दर क्रसमा गोल गर्दै ट्रोसार्डले खेललाई बराबरीमा ल्याए। र अन्त्यमा खेल २(२ को बराबरीमा सकियो।

बराबरी पश्चात आर्सनल नौं खेलमा २१ अंकसहित दोस्रो स्थानमा रहेको छ। चेल्सी भने नौं खेलमा १२ अंक सहित १०औं स्थानमा छ।

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.