2 years ago
October 22, 2023
एजेन्सी – स्पेनिस लालिगाकाे शीर्षस्थानमा रहेकाे रियल म्याड्रिड सेभियासँग बराबरीमा रोकिएको छ। सेभियाले अग्रता जोगाउन नसक्दा एक अंकमा सिमीत रहँदा बाध्य बन्याे ।

सेभियाको घरेलु मैदान इस्टाडीयो सान्चेज पिजुआनमा शनिबार राति भएको खेल १–१ गाेलकाे बराबरीमा सकिएकाे हाे । सेभियाको गोल आत्मघाती गोलको रूपमा आएको थियो भने म्याड्रिडका लागि ड्यानी कार्भाजालले बराबरी गोल फर्काए ।
रियल म्याड्रिडको गोल खेलको चौथो मिनेटमा नै रद्द भएको थियो। फेडेरीको भालभर्डेले गोल गर्दै अग्रता दिलाएपनि त्यस मुभमा जुड बेलिङ्घम अफसाइड रहेका कारण भिडियो असिस्टेन्ट रेफ्रीले गोल रद्द गरेका हुन्।
आठौं मिनेटमा भने बेलिङ्घमले बललाई जाली चुमाएका थिए। तर खेलाडीहरूबीच अन्योलताका बीच रेफ्रीले सेभिया खेलाडीको चोटका लागि सिट्टी बजाइसकेका थिए ।
२८औं मिनेटमा म्याड्रिडका डिफेन्डर ड्यानी कार्भाजालले इभान राकिटिचको प्रहार गोल लाइनबाट क्लियर गरेका थिए। खेलको ७४औं मिनेटमा सेभियाले अग्रता लियो। मार्कोस अकुनाको क्रसमा डेभिड अलाबाले बललाई आफ्नै जाली भित्र हालेका थिए।
तर त्यसको चार मिनेट पछि नै म्याड्रिडले गोल फर्कायो। टोनी क्रूसको फ्रीकिकमा कार्भाजालले हेडरमार्फत गोल गर्दै खेल बराबरीमा ल्याएका थिए। अन्त्यमा खेल बराबरीमा सकियो।
बराबरी पछि म्याड्रिडको १० खेलमा २५ अंक भएको छ। दोस्रो स्थानमा रहेको जिरोनाको नौं खेलमा २२ अंक छ। यस्तै नौं खेल नै खेलेको बार्सिलोनाको २१ अंक रहेको छ। बार्सिलोनाले आज राती एथलेटिक क्लब बिलबाओको सामना गर्नेछ।
ग्रिजमनको ह्याट्रिकमा एट्लेटिको विजयी
अर्काे खेलमा एन्टोइन ग्रिजमनको ह्याट्रिकमा एट्लेटिको मड्रिडले १० खेलाडीमा समेटिएको सेल्टा डि भिगोलाई ३–० ले पराजित गरेको छ । भिगोमा शनिबार राति भएको खेलको २५औं मिनेटमा नै घरेलु टोली १० खेलाडीमा समेटिन पुग्यो ।

खराव ट्याकलका कारण गोलरक्षक इभान भिलार सिधै रातो कार्ड खाँदै मैदानबाट बाहिरिए । त्यसमै प्राप्त पेनाल्टीमा ग्रिजमन चुकेनन् र टोलीलाई पहिलो हाफमा १–० को अग्रता दिलाए । त्यसपछि ग्रिजमनले ६४औं र ७०औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गर्दै टोलीलाई सहज जित दिलाए ।
यस जितसँगै एट्लेटिको ९ खेलबाट २२ अंक जोडेर दोस्रो स्थानमा उक्लिएको छ । समान २२ अंक नै भएपनि जिरोना गोल अन्तरमा पछि छ । पराजित सेल्टा ६ अंकसहित १८औं स्थानमा छ ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]