2 years ago
October 22, 2023
एजेन्सी – म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिगमा रोमाञ्चक जित निकालेको छ । युनाइटेडले पुछारमा रहेको सेफिल्ड युनाइटेडलाई २–१ ले पराजित गरेको हो ।

युनाइटेडको जितमा स्कट म्याकटोमिने र डिएगो डालोटले गोल गरे । घरेलु टोली सेफिल्डका ओलिभर म्याकब्रुनीले एक गोल फर्काए ।
ब्रामल लेन सेफिल्डमा शनिबार राति भएको खेलको २८औं मिनेटमा स्कट म्याकटोमिनेको गोलबाट युनाइटेडले सुरुवाती अग्रता लिन सफल भएको थियो । उनले कप्तान ब्रुनो फर्नान्डेसको पासलाई सदुपयोग गरे ।
३४अऔं मिनेटमा सेफिल्डले पेनाल्टीमार्फत खेललाई १–१ गोलको बराबरीमा ल्याए । पेनाल्टी बक्समा म्याकटोमिनेले ह्यान्ड गर्न पुगेपछि रेफ्रीले भिएआरको सहायतामा सेफिल्डलाई पेनाल्टी प्रदान गर्दा ओलिभर म्याकब्रुनी चुकेनन् ।
त्यसपछि ७७औ मिनेटमा डिएगोल डालोटले गोल गर्दै युनाइटेडलाई जित दिलाए । उनले भिक्टर निल्सन लिन्डेलफको पासमा गोल गर्न सफल भएका थिए ।
यस जितसँगै युनाइटेड ९ खेलबाट १५ अंक जोडेर आठौं स्थानमा उक्लिएको छ । पराजित सेफिल्ड १ अंकसहित पुछारमा छ ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]