default_image

2 years ago

October 25, 2023

बायर्न म्युनिखको लगातार तेस्रो जित

321 views

0 Bookmark

एजेन्सी – युरोपेली च्याम्पियन्स लिग अन्तर्गत मंगलबार भएको खेलमा बायर्न म्युनिखले जित हासिल गरेको छ । बायर्न म्युनिखले गालातासाराय लाई ३-१ ले पराजित गरेको हो ।

बायर्नलाई समूह ए मा लगातार तेस्रो जीत दिलाउने क्रममा गालातासारायको मैदानमा किंग्सले कोमन, ह्यारी केन र जमाल मुसियालाले समान एक एक गोल गरे । गालातासारायका लागि भने माउरो इकार्डीले गोल गरेका हुन् ।

खेलमा अग्रता बायर्नले आठौं मिनेटमा लिएको थियो । लिरोय सानेको पासमा कोमनले गोल गर्दै खेलमा अग्रता लिएका थिए ।

गालातासारायले ३०औं मिनेटमा खेल बराबरी गर्यो । जोसुवा किमिखले इकार्डीलाइ फाउल गरेपछि गालातासारायले पेनाल्टी पाएको थियो । सो अवसरमा इकार्डीले पेनाल्टिमा पनेन्का गोल गर्दै खेल बराबर गरेका थिए ।

तर दोस्रो हाफमा भने बायर्नले दुई गोल गर्दै खेलमा जीत हासिल गर्यो । ह्यारी केनले ८३औं मिनेटमा गोल गर्दै खेलमा जर्मन टोलीलाई पुनः अग्रता दिलाए । जमाल मुसियालाको पासमा उनको पहिलो प्रहार ब्लक भएपछि बल फेरिपनि उनकै खुट्टामा आएको थियो । दोस्रो पटकमा भने उनले सहजै बललाई गोलको दिशा देखाए ।

मुसियालाले दोस्रो गोलको छ मिनेट पछि गोल गर्दै जित सुनिश्चित गरे। यसपटक भने अघिल्लो गोल गरेका केनले असिस्ट गरेका थिए।

जितपछि तीन खेलमा सबैमा जित हासिल गरेको बायर्न समूह एको शीर्ष स्थानमा छ। पराजित गालातासारायको भने तीन खेलमा चार अंक छ।

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.