2 years ago
October 25, 2023
एजेन्सी – युरोपेली च्याम्पियन्स लिग अन्तर्गत समूह सि अन्तर्गत गएराति भएको खेलमा रियल म्याड्रिड विजयी भएको छ ।

रियलले पोर्चुगिज क्लब ब्रागालाई २-१ ले पराजित गरेको हो । रियलको जितमा रोड्रीगो र जुड बेलिङ्घमले एक एक गोल गरेका हुन् ।
खेलको १६औं मिनेटमा रियलले अग्रता लिएको थियो । रोड्रिगोले भिनिसियस जुनियरको पासमा गोल गर्दै खेलमा अग्रता दिलाएका थिए ।
रियलले खेलमा अग्रता दोब्बर बनाउन ६१औं मिनेटसम्म कुर्नु परेको थियो । बेलिङ्घमले भिनिसियसकै पासमा बक्सको छेउ बाट सटिक प्रहार गर्दै अग्रता दोब्बर बनाए ।
६३औं मिनेटमा अलभारो जालोले गोल गर्दै ब्रागालाई खेलमा फर्काउन प्रयत्न गरेका थिए । तर त्यो गोल पर्याप्त भने हुन सकेन ।
सोही समूहमा नापोलीले गएराति युनियन बर्लिनलाई १-० ले हराएको छ । नापोलीको जितमा जियाकोमो रास्पाडोरिले एकमात्र गोल गरेका थिए ।
समूहमा रियल तीन खेलमा ९ अंक सहित शीर्ष स्थानमा रहँदा नापोली तीन खेलमा दुई जित र एक हार सहित ६ अंक जोड्दै दोस्रो स्थानमा छ । ब्रागा ३ अंक सहित तेस्रो रहँदा पुछारमा रहेको बर्लिनको कुनै अंक छैन ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]